जतन गर्नु ल !


लाख कोसिसमा
पिरतिको गहिरो सागरबाट
कठिनले भेटेर ल्याएको
साचै अनमोल
हाम्रो मायाको चिनो हो यो-समर्पण
तिमीमै समर्पित गरेको छु ।
सीसा सरी फुट्न नि सक्छ,
जतन गर्नु ल !

पुष,माघको
चिसो सिरेटोमा कठाङ्ग्रिएर
फक्रनै भुलेको थियो,
साह्रै मुस्किलले
एक थुङ्गा फुलाएर ल्याएको छु,
हाम्रो मायाको चिनो हो यो -फूल
तिमीमै समर्पित गरेको छु ।
हावाको एक झोक्काले
भुइमा झरेर च्यातिन नि सक्छ ।
जतन गर्नु ल !

अझै धेरै,
लामो छ यात्रा
बेस्सरी पिडादायी जिबन,
तिनै दुखाइहरु माझ
मर्दै,बाज्दाको दोसादबाट
तिम्रै लागि भनेर
बल्ल तल्ल बचाएर ल्याएको छु,
हाम्रो मायाको चिनो हो यो -ढुकढुकी
तिमीमै समर्पित गरेको छु ।
बल्दा बल्दै निभेको
दियो सरी निभ्न नि सक्छ ।
जतन गर्नु ल ।

१६ जनवरी,२०१२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *