Skip to content


कति शब्दहरू
माग्छौ जिन्दगीको ?
लैजाउ..
जोडेर लाखौं वाक्यहरू बनाऊ ।
कति वाक्यहरू
मग्छौ जिन्दगीको ?
लैजाऊ..
जोडेर हजारौं कथाहरू बनाऊ ।
कति कथाहरू
माग्छौ जिन्दगीको ?
लैजाउ..
जोडेर सयौ उपन्यासहरू बनाऊ ।

जिन्दगी !
सुख छ,
दु:ख छ,
हांसो छ,
आँसु छ,
उज्यालो छ,
अध्यारो छ,
उकालो छ,
ओरालो छ,
दर्शन र चिन्तन सरी
खुल्ला किताब
भएर उभिएको छ ।
लैजाउ
र,
सक्छौ भने
बेस्सरी पढ ।
धित् मरुनजेल पढ ।
जिन्दगी !
साचै पढ्न लायक छ ।

कति अर्थ र परिभासाहरू
माग्छौ जिन्दगीको ?
लैजाउ
र,
पढ
कोपिला छ,
फक्रिएको छ,
ओईलिएर भुइमा झरेको छ ।
त्यही जिन्दगीको
किताबहरूमा पाउनेछौ,
जिन्दगीको अर्थ र परिभासाहरू ।
पढ ..
धित् मरुनजेल् पढ..
जिन्दगी !
साचै पढ्न लायक छ ।

१६ अगस्ट २०१२
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *