Skip to content


पासो थाप्न
सिपालु रहिछौ पिरतीको
जालमा परे म,
जाल फुकालेर
कहाँ जाऊ ?
कि त लेऊ तिम्रो हात
नत्र बेहाल परे म ।
टुना मुना जान्ने तिमी
थाहै नपाई मोहनी हान्ने
बिचमा परे म ,
नत उता न यता भए
कि त लेऊ
तिम्रो दिल
नत्र हैरान परे म ।

पर्दैन अब
बाधी राख्नलाई मोहनीमा
अब तिम्रै भए म,
जीत तिम्रै भयो
जुनी यो जीवनमा
उप्रान्त हारमा परे म ।
मर्न बाँच्न
जिन्दगीमा सङ्गै भएपछि
दुई बिचको गीत
गाउने परे म ,
दुई जीवनको यात्रा
एउटै भयो,
अब अन्त धाउन
छाड्ने परे म ।

पासो थाप्न
सिपालु रहिछौ पिरतीको
जालमा परे म,
जाल फुकालेर
कहाँ जाऊँ ?
कि त लेऊ तिम्रो हात
नत्र बेहाल परे म ।

-सुजन सेलिङ “लुङमाहिम साँहिला “

Leave a Reply

Your email address will not be published. Required fields are marked *