यो सम्झना
बर्तमानलाई बिर्सदाको
सम्झना हो ।
यो सम्झना
हिजो भएर बल्झिन्छ ।
पारी पहाडको
एउटा झुप्रामा
साझ परेपछि
टिलपिल टिलपिल
बल्ने बत्ती
कहिले निभ्न लागे झै
कहिले अझ
झलमलाउन लागे झै
कतै हो कि होइन लाग्ने
साझको त्यो टिलपिले बत्ती झै
न उझ्यालो भन्नु ?
न आध्यारो ?
यो आकार बिनाको सम्झना ।
कुनै बेला
सामाङ्खुको उकालो लाग्दा
कुनै बेला
स्वयम्भुको सिडी चड्दा
कुनै बेला
क्युरेनिको उकालो
उकालै उकालो लाग्दा
आउने बेग्ला बेग्लै
भोगाइ र …
खुइया जस्तो लाग्ने
खै कस्तो कस्तो सम्झना ?
बिर्सन खोज्दानी नबिर्सने
आज बिर्सदाको
आलो आलो हिजोको सम्झना ।
हो बिगत भएर बाचि रहने
बर्तमानलाई बिर्सदाको सम्झना ।
यो सम्झना
यसरी नै छटपटाउछ,
उनको सामिप्यता झस्किएर
एउटी अर्धाङ्गिनी
छटपटाए झै सयनमा ।
योसिमु यम्बेले
हाक्पारे लामो लामो
धन्ध्रो स्वरमा गाएको ।
येबा साईलाले
थालाको भाकामा
सिसाम मारेको
सुगुपलाई बाटो छेकेको ।
खक्सेबुङ साईलीले
लुङ्गा यम्बेलाई
पालामले मोहित पारेको
ए के के हो के के …..
सम्झनै सम्झना ।
बर्तमानलाई भुलेर
बिगतमा हराउदाको
यो फगत सम्झना ।
च्याब्रुङ्को गुन्जनसँग
नाउमतिको भाकासँग,
दुलही रानी
डोलिमा मुस्कुराएको ।
बारी छेउमा
तातै बसेर
प्रितीभोजमा रमाइ रहेका
सेम्म्याङ्फुङ, सिरबन्दी
चन्द्रहार, लाङ्बाङ्गी
नौ गेडी र कन्ठमा सझिएर
लोकन्दी रानीहरू लस्करै
आँखा भरी भरी भएर आउने
यो बर्तमान भुल्दाको
बिगत बेस्कन
बल्झिने सम्झना ।
यो एकान्तमा
एक्लोपनाले जन्माएको सम्झना ।
हो बिगत भएर बाचिरहने
बार्तमानलाई भुल्दाको
यो आकार न प्रकारको सम्झना ।
बिगतमा हराउदाको
फगत सम्झना ।
पराइ भूमिमा बसेर
आफ्नो जीवनको मुन्धुम
फक्रिएको न्यानो भुमिको यादमा
छटपटिन्दाको सम्झना ।
१२ अगस्ट २०१२
बिरानो देशबाट
केही भाषिक अर्थहरू:-
योसिमु यम्बे-तल्लो घर जेठो,
हाक्पारे-एक किसिमको दोहोरी जस्तै लिम्बु गीत,
सिसाम सुगुप-सेहे सेसेन्त्र,
खक्सेबुङ-ओखरबोट
लुङा यम्बे-सोल्टी ठुले,
सेम्म्याङ्फुङ-सुनको फूल लिम्बुनी गहना सिरमा लाउने,
लाङ्बाङ्गी-खुट्टामा लाउने लिम्बुनी गहना,
मुन्धुम-बेध ।
यी सब लिम्बु भाषा हुन ।
