उनीलाई हेरिरहें नयनमा नयन राखे
सोचे भरे केही त होला मनमनमा चयन रखे ,
छेउ आई मुस्कुराई इशाराले बदनको
कर जोर उठाएर बदनमा शयन राखे ,
कुन्नी के के भई रह्यो शयनमा युगल तन
एक आपसमा केही पाए झै हराए झै दोमन राखे,
भोलि फेरि चाहानामा अंगालोमा बेरिइरहने
उनीसँगै बिताउने संगालेर यौबन राखे ,
लखनपुर ३ झापा ,नेपाल
