Skip to content

आखा ताना-तानमा

  • by


जीवन हाम्रो बाँचेको मिस कल हाना-हानमा
कहिले भेटने बात गर्ने आखा ताना-तानमा

उनी उता गैरी खेतमा म चाहिं परदेशमा
एल्बम खोली हर साँझ फोटा छाना-छानमा

साहू आई घर पसी राँडो मच्चाउँदा
बिछोड हुन बाध्य भयौं हामी जाना-जानमा

केही कमाई साहू बुझाई जेथा उकासेर
जीवन साथमा बिताउला बाहु बाना-बानमा

लखनपुर ३ झापा , नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *