मनको भारी बिसाउने चौतारीको खोजीमा छु
दु:ख कष्ट बाँड़ी बाँच्ने दौंतरीको खोजीमा छु
काम नगरी बसी खान पाइने पनि छ रे कतै
त्यस्तै मलाई जुराइदिने औतारीको खोजीमा छु
घाम पानी असिना र खडेरीलाई ओडेको छु
दु:ख पर्दा काख लिने मतारीको खोजीमा छु
दु:ख कष्ट धेरै भयो इष्ट देबता रिसाए कि
चामल चरु बनाउन जौबारीको खोजीमा छु
शारीर बेची बाँचेका छन भन्ने सुन्छु देशभरि
आफू परें कुमार केटो कुमारीको खोजीमा छु
लखनपुर ३ झापा, नेपाल
