Skip to content

तीर्थ (यात्री) पौडेल

जड्याहाको बस्ति र म

तिर्थ (यात्री)पौडेल
जड्याहाको बस्ति र म
म यात्री;संसारको परिक्रमा गर्ने शब्द्द्रारा
म एक आमनागरिक,आफ्नै प्यारो जन्म भुमि नेपालको ,
गरिबीका कारण
साहुहरुद्रारा सामुहिक आक्रमण हुदा

बलात्कृत मन

तिर्थ(यात्री)पौडेल
गद्य कविता
बलात्कृत मन
जिउन साच्चै गाह्रो हुदो रहेछ
समाजमा ,
आफ्नाहरू बाटै बारम्बार बलात्कृत मन लिएर
बसन्त पनि शिशिर जस्तो उजाड ,
शरदमा वर्षा झारेर आँखाबाट

प्यारी र प्रेम दिवश

प्यारी यो प्रेम दिवश
यस पालि पनि मैले तिमीलाई
अँगालो भरि माया दिन सकिन
सुमसुम्याएर श-शरीर तिमीलाई
प्यारले बाहुपासमा बाँधेर
ओठका प्याला पिलाउन सकिन
तर पनि यो दुर दराजमा

हिमाल चुली पल्लोपट्टि

हिमाल चुली पल्लोपट्टि
बन केराको घारी
साहुले लग्यो गैरी खेत
पैरो घरबारी
हालको गोरु बन्धकीमा
खाइयो दशैतिर
यो दु;खीको जहा गएनी
पिर माथि पिर

गजल

तिर्थ(यात्री)पौडेल
गजल
पैसा फल्छ भन्ने सुन्थे गाउघरमा खाडी तिर
दु;खमात्र फल्दो रहेछ साहुको ब्याजमा खाडी तिर,

मन्द मन्द गरि खायो जाडो तापी गर्मि सेकाइ

गजल

गजल
तिर्थ(यात्री)पौडेल
जति दु;ख गरे पनि जलेन खै चुह्लो मेरो
बाढी आइ लागि दियो खेत माथिको कुलो मेरो,

आस्वसनका पोकाहरु थुप्रै ल्याए चुनाब ताका
आस्वसनले तालिएँन लाज देख्ने दुलो मेरो

स्वाभिमान नि बेच्छन मान्छे

गजल
तिर्थ (यात्री)पौडेल
स्वाभिमान नि बेच्छन मान्छे किन ह्स्जुर बजारमा
किन यति सस्तो नि लाख होइन रे हजारमा

गल्ति हाम्रै छ नि हेर पाउ मोल्नु बिदेशीको
खै किन इज्जत साट्न खोज्छन हजुर डलरमा

चौतारीमा बर पिपल

तिर्थ(यात्री)पौडेल
गजल
चौतारीमा बर पिपल रोप्नु भन्नु बाबालाइ
मोढ बनाइ तुलसी बिरुवा रोप्नु बन्नु आमालाई

मौसम भयो परिबर्तन बन जंगल मासिनाले
जन्म दिनमा सतिसाल रोप्नु भन्नु मामालाई

जिन्दगी

जिन्दगी यो रामछाया, कर्कलाको पनि भन्छन
भन्छन जड हो जीवन, कोही आँखाको नानि भन्छन
भीडभाड यो दुनियामा, सहाराहिन बाँचेको छु
तर पनि उनकै लागि, यो जिन्दगी साँचेको छु ,

लिलाम यो मेरो जिन्दगि

तिर्थ (यात्री)पौडेल
गजल
लिलाम यो मेरो जिन्दगि, आफै यसलाई सेक्न सकिन
भाउ अर्कैले तोकी दियो, मनपरी यसलाई बेच्न सकिन ,

आना सुकी जन्मेदेखिको लगानी सब जोडेकोरे आजसम्मको

खेलौना झैँ गरि खेल्छन

खेलौना झैँ गरि खेल्छन, पुरुषहरु नारी किन ?
आफु ल्याउछन दश ओटी, हामी हिड्दा जारी किन?

समाजका दुइ पांग्रा फोस्रा चिप्ला कुरा गर्दछन
फकाउछन नानीलाई झैँ,समानता देउ साडी किन?