Skip to content

गीता थापा (दोषी)

हजार फुल फुले झरे

हजार फुल फुले झरे मन भित्रको बोटमा
मनै दुखी भएपछी सुन्य हुन्छ हाँसो ओठमा

बैरागी यो जिन्दगीलाई कस्कोलागी?जोगाउँनु घाम-पानी देखी
किन दैब जुँनि दियौ यस्तो भाग्य लेखी!

बिरका सन्तान

बिरका सन्तान नेपाली हामी वीरगाथा गाउँछौं
कोमल मनका धनी छौ, हामी राष्ट्रियता जोगाउँछौ

बिहानी लाली सुर्यले छर्दा पाईला लम्काउँछौ
बिदेशी भुमिमा रहेर पनि आदर्श झल्काउँछौ

सेवामा जस्ले निखार्छ

सेवामा जस्ले निखार्छ आँफुलाई एउटा असल नेता’भै
उनै सधैं बाँचिरहन्छ जनताको नजरमा अमर र अजम्बरी’भै

संविधान लेख्दैमा दायित्व पुरा हुँदैन हामी असल नभएँ

रुप हेर्ने तिम्रो बानीले

हे पुरुष रुप हेर्ने तिम्रो बानीले हामीलाई
तिम्रो मायाले कैदी बनायो?
ब्युटी पार्लर नजाऊ भने सुँनचाँदी नलाऊ भने
“समयसँगै चल्न सिक” भन्छौ?

तिमी ऋतु हौ भने

  • by

तिमी ऋतु हौ भने असीमित चाँहना बोकी फुल्ने
म पनि भँमरा हुँ तिम्रो सुन्दरतालाई बुझ्ने

फगत् बाँच्नुको असीम पीडा भो सहनु पर्दैन तिमीले
जसरी बहारसँगै घामपानी सदियौंदेखि सहेर आयौ तिमीले

सुचौबन्दी चोली छिटको फरिया

चौबन्दी चोली छिटको फरिया त्यहाँमाथि पटुकी
मिलेको जिउ छिनेको कमर साह्रै नै जचेकी।

गहना भन्नु बोलेकै मिठो हृदय खोलेर
मरेर जाँदा केही छैन लानु बाँचौं है मिलेर।

ए कान्छा बित्थैमा लौ किन टाढा भएको?

ए कान्छा बित्थैमा लौ किन टाढा भएको?
सप्तरंगी इन्द्रेणी’ भै छैन मैले तिमीलाई भुलेको

भुँ-भुँ गर्ने भँमराले धूनै तिम्रो गाउँछ
फुरफुर् गर्दै पुतलीले तिम्रो खबर ल्याउँछ।

मागेर भिखँ पाईन्छ

मागेर भिखँ पाईन्छ यहाँ एकसाँझ टार्ने
मागेर साथ पाइनँ यहाँ जिवनका पल’गुजारने

सस्तो भएर बजारमा बिक्छ जिन्दगी
बिकाउ बटुलेर उत्सव मनाउन पुग्दैन जिन्दगी

खै के भनौं म तिमीलाई

खै के भनौं म तिमीलाई
हजारौं तृष्णा मुर्झाउँछन यहाँ बिझाई मुटुलाई
एउटा घाईते मुटु छ,
मेरो अँधुरो सपना बोकी जिउँनलाई

त्यसैमा त मेरा बिपना बाँचेका छन्
हर मोडमा आँसु पिउँनलाई
म सक्दिन होशमा जिउनलाई
भो अब बेहोसी मै छोडिदेउ मलाई

उदास यो मन

उदास यो मन तिमी बिना
म आँफैबाट टाढा छु रहर बिना

पिएर आँसु मेटिएन प्यास
रित्तिंदै गयो प्राणबिचको आस
लुटेको जीवन आफैंबाट
किन कसो टाढा तिमी मबाट ?

हामी सबै मिले मात्र

  • by

सृजनालाई शंकामा होइन उत्साहमा फुल्न दिअौं
एउटा सुन्दर बिचारले बदलिंदैन सिंगो नेपाल
लौन-लौन म-तिमी हामी सबैको बिचार मिसाअौं
सृजनाले सङ्का होइन उर्जा बोकी ल्याउँछ
मेची काली एउटै भै “अब लौ-न जुटौ” भन्छ!

आज पनि मलाई निद्रा परेन

आज पनि मलाई निद्रा परेन! अनेक थरी कुराले मनलाई बिथोली रह्यो! नजिकैको टुकी बत्ती हातले छाम-छुम गर्दै बालें। त्यो अन्धकार रात निष्पट्ट चारैतिर कालो फैलेको छ। मात्र यदा-कदा टाढा-टाढाबाट कुकुर भुकेको आवाज आइरहेको छ। अरू कुरा सारा रात जस्तै चक्कमन्न छ। बत्ती बालेर केही बेर टोलाएर सोचें। भित्तामा टाँगिएका निर्दोश तस्बिरलाई निहालें। अहँ, ती मौन छन्; बिना जवाफ!

कति लड्छौ

  • by

कति लड्छौ निस्वार्थमा स्वार्थताको भाव लूकाई
जनता तिम्रा पूजारी हुन तिनीहरुलाई
पनि मौलिक हक देउ बाँच्न सकुन् धक फुकाई
धर्ती आफ्नु भएन भने सृजनाका फूल
तिमी कहाँ लगी फुलाउछौ?
जन्मभूमि छैन भने तिम्रा आफ्ना पीर-व्याथा
कहाँ लगी थन्क्याउँछौ?

उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा

उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
अनौठो मलाई रतिभर छैन
आफ्नो यौवनको भोक मेटाउन म तिम्रो रहरको
बाटो छेक्ने मान्छे होइन।

आएन आएन ऊ फेर्केर आएन कहिले पनि आएन

शान्ता आज पनि चिट्ठी बोकेर नकुलको आँगनमा पुगेकी थिई, नकुल ढोकाबाट बहिर निक्लिदै थियो। तर शान्तालाई आफूले पढन नपाएकोमा साह्रै दुख लागेको थियो। नकुललाई भने कत्ति पनि झन्झट लागेको थिएन। किनकि उसलाई अरुलाई सयोग गर्न पाउदा आनन्द लाग्थ्यो। शान्ता नकुलकी गाउँले भाउजू थिई र साँच्चै नै सुशील र स्वाभिमानी थिई।

विधुवाको सिउँदो र मेरो जवानी

विधुवाको सिउँदो र मेरो जवानी
हो यो एउटा अदृष्य घाउको अनौठो कहानी
कि सम्झिऊँ म यसलाई तिम्रो प्रीतिको निशानी
प्रेम-रोदन मिलन-बिछोड
कि यो तिम्रो सोचौ छोटो चिनारी

नदेऊ शुभकामना

  • by

नदेऊ शुभकामना
खुशी रहु भनी
बरु सक्छौ भने गर यही कामना सदा आँशु पिएर बाँच भनी
खुशी कसरी रहुँ जो तिमीसित बिरानो बनी?
सक्दिन जोखेर तराजुमा हाँसो किन्नलाई तैपनि