Skip to content

गीता थापा (दोषी)

यसपालीको तिहारमा

यसपालीको तिहारमा सप्तरङ्गी टिका लगाई
पूँज्न पाईन माईती राजा मैले तिमीलाई

सम्झी-सम्झी बाटो हेरी चौंतारिमा बसेर
रुमालले आँशु पूछी खाली निधार साँचेर

अरुका चेली आउँदा दुखी मन गर्दा हौंला

खेतीपाती धेरै नहुने

खेतीपाती धेरै नहुने पहाडको खोरीया
टाईशुटमा तिमी प्रदेश मत गाउँको भरीया

तिमी पर्‍यौ शहरीया मत हजुर गाउँले परे
भो-भो नजिक नआउँ तिमी आँफै बाट झरे

डिनर खाने नाउँगरी डिस्को पनि भ्याउँछौ’रे

दशैंको टिका थापन यसपाली

दशैंको टिका थापन यसपाली घर फर्की आउँ चेली
आघौं र पराघौं भन्दामा भन्दै नगर तिमी धेर झेली

दिनू र खानु त केछर चेली आशिष थापन आऊँ
आघौं र पराघौं नभन चेली यही सालमा फर्की आऊँ

दिलखोलेर भने हजूर

दिलखोलेर भने हजूर चोखो माया हजूरलाई नै गरेकीछु
साचो-साचो धरोधर्म हजूरसँग झुट् कहिले बोलेकीछु

आउँदा जादाँ पस्नु होला हजूर बाटो कुरी बसी दिन्छु

फेवातालको पानीमा लै’लै

फेवातालको पानीमा लै’लै डुङ्गा चलाऊँदै
तिमीथ्यौ पारी म थिएँ वारी हात हल्लाऊँदै

माछापुच्छ्रेको छाया पनि पानी भित्रैथ्यो
दुबै प्रेमी टाढा हुँदा आकाश कालो मैलेथ्यो

न भन्नु है दाजू भाई

न भन्नु है दाजू भाई प्रदेशमा गाकी चेली निर्गतीली भई
सुन्दर तिम्रो मनमा पाप बोकी पापी नजर चेलीतीर लाई

दुई चारदिनलाई टाढा भए भूली नभन्नु आफ्नो देशलाई

पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी

पहाड मा जन्मेर छाङ्गा सँग खेलेकी
साग र सिस्नु फाँपर खाएर हुर्किएकी

हूँ-हूँ म हूँ साहसी छोरी वीर नेपाली की

नाला पानी किल्ला सँग लड्ने मेरा पुर्खा
साना-साना राज्यलाई समेट्ने मेरो गोर्खा

आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे

आँफू मात्रै ठूलो हौ भन्छ किन मान्छे
अरुलाई रुवाएर खुँसी हुन्छ किन मान्छे

मुटुभरी पाप पाली आफन्तलाई कूलचिएर
जताततै धारहिन छुरा रेट्छ किन मान्छे

आँफू जस्तै अर्को आत्मा लत्याएर हिड्छ

जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्

जब मलाई देख्छन उनले त्यसै रिसाउँछन्
नबुझिने के-के कुरा आँफू एक्लै बर्बराउँछन्

कहिले फेरी समिप’भै मलाई फकाउँछन्
कान समाई माफी माग्दै भूल जताउँछन

बेली र चमेली तीजलाई माइत हिंडेछन

बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन

सधैंकी रोगी सासू ओछयान बाट झर्दिनन
दरखाई चाँडै फर्की बुहारी भन्न छोड्दिनन

पढ्ने गुन्ने नन्द देवर सिन्को सम्म भाँच्दैनन

न सिउँदोमा मेरो सिन्दुर

न सिउँदोमा मेरो सिन्दुर’नै तिम्रो नाउँको निशानी’छ
न’त मेरो अब तिम्रो जस्तै भरपुर जवानी बाँकी’छ

अमूल्य प्रेमको मूल्य’नै कहाँ र मागु तिमी सँग म केही

जीवन केहो भनी?

कोहि’त बताईदेउँ मलाई जीवन केहो भनी?
दुख्ने मुटु मेरो पनि तिम्रो जस्तै-जस्तै छनी

पाइँला-पाइँलामा घात गर्छ मलाई मेरै जीवन
शब्द-शब्दमा दोषी ठान्छ मलाई मेरै जीवन

किताब माने जिन्दगी

किताब माने जिन्दगी,पल्टाएर पढे हुन्छ,
धिक्कार ठाने जिन्दगी, सलाई कोरी डढाए हुन्छ,

जिन्दगीलाई जिउँन जाने हाँसी खुशी जिए हुन्छ,
जिउँन नजाने जिन्दगी, आँसु बनाई पिए हुन्छ,

उदाहरण बनिदेउ नारी तिमी

उदाहरण बनिदेउ नारी तिमी, भेदभावलाई फ्याँकेर
बस्नुहुँदैन नारी तिमी, अचेतनाको परीधि ओगटेर

एउटै आमाका सन्तान हुन् पुरुषहरू पनि
कदापि फरक छैनन, आमा भै हेर तिमी पनि

अघाएर हुँदैन, तिमी र म

अघाएर हुँदैन, तिमी र म हामी अघाउँनु पर्छ
रमाएर हुँदैन, तिमी र म सिंगो, देशबासी रमाउँनु पर्छ

भोको पेट मिची-मिची आँखाका आँसु झाँरी-झाँरी
त्यो हाम्रो झुँप्रो रुदै छ,शान्ति माग्दै हात पसारी

कतिपल्ट टाल्नु खै?

कतिपल्ट टाल्नु खै? यो, भत्किएको मनलाई
जतिपल्ट टाले पनि दुखेकै छ, यो देह जलाई

कति रमाई राख्नु, रित्तो-रित्तो जिन्दगीलाई अँगाली
कति दुखाई राख्नु, आँखालाई बिछोड सँगाली

नशारहित जिन्दगी

नशारहित जिउन सक्छु भनी, अठोट गर्नुपर्छ
चुरोट-रक्सी साथी होइनन् यसले हानी गर्छ

एक्लै हामी बाँचे हुन्न, पुस्ता बाँच्नुपर्छ
एक्लै हामी हाँसे हुन्न, देश हाँस्नु पर्छ

मानिस भौंतारिदै हिंड्दछ, किन?

मानिस भौंतारिदै हिंड्दछ किन?
चराचर जगतमा रहेको ब्याप्त ईश्वरलाई नदेखेर
मनमा एकल सुख र शैलीका अनगिन्ती कुन्ठा बोकेर