Skip to content

हजार फुल फुले झरे

हजार फुल फुले झरे मन भित्रको बोटमा
मनै दुखी भएपछी सुन्य हुन्छ हाँसो ओठमा

बैरागी यो जिन्दगीलाई कस्कोलागी?जोगाउँनु घाम-पानी देखी
किन दैब जुँनि दियौ यस्तो भाग्य लेखी!

मनको घाम अस्ताएर डाँडा पारी पुँग्यो
रहरहरु सेलाएर आँसु हुँदै डुब्यो

जिवनसँगै भौतारिदै खोजी हिंडे मनको खूशि हाँसो
आज आफ्नै जीवन बोझँ आफ्नै भयो नासो

मेरोपनी आफ्नै गाउँ आफ्नै संसार थीयो
कस्तो आयो आँधीबेरी हुताएर हाँगाबाट भुईमा झाँरिदियो

जत्ती छोपो उत्ती दुख्ने रहेछ मनको घाऊ
उजाडिएको बस्ती मेरो छैन कुनै नाऊ

फेरी अर्को साईनो गाँस्न मनकोबाटो बन्द भयो
आफ्नो भन्ने साहारा मात्र बाँकी आँसु रह्यो

गीता थापा
ईजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *