Skip to content

नदेऊ शुभकामना

  • by


नदेऊ शुभकामना
खुशी रहु भनी
बरु सक्छौ भने गर यही कामना सदा आँशु पिएर बाँच भनी
खुशी कसरी रहुँ जो तिमीसित बिरानो बनी?
सक्दिन जोखेर तराजुमा हाँसो किन्नलाई तैपनि
अनि कमजोर बनी सुक-सुकाउँदै चर्केको
घाउमा मलमपटटी गर्छु
आँफैमा दुख्दै भए पनि
सम्मालेर-समाल्नै नसक्ने कस्तो
बेथा मलाई दियौ तिमीले भनी
कति सुम्सुम्याउँ जलेको यो मुटुलाई
सबैबाट लुकाएर पनि
अब थाकिसकें सबैबाट लुकाइराखेको मायादेखि पनि
त्यसैले चाहिन्न शुभकामना,
सक्छौ भने गरिदेऊ
कामना मृत्यु छिट्टै आवोस् भनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *