घरको छानो चुहिंदैछ

  • by


घरको छानो चुहिंदैछ, यो भित्री मन रुँदैछ
हेरन च्याङ्बा हाँसेको कसरी मन बुझेको?

गोठमा चौरीगाई भोकै छ, बेंसीमा खेत बाँझै छ
अँझै त च्याङ्बा आउँदैन? खबर मात्रै सोध्दै छ
एक चिम्टी सिन्दुर र एक त्यान्द्रो पोतेमा जीवन मेरो गै’गो
विश्वासघात गरेर च्याङ्बा त अर्कैको पो भै’गो

छोरामा छोरी भन्ट्याँङ-भुन्टुङ बाउ कहिले आउने भन्दैछन्
राम्रोमा लाउन मिठोमा खान दसैं र तिहार गन्दैछन्
यो लाली जोवान फुलेको वैंश आफ्नो त उस्तै छँदैछ
गाउँलेले सोध्छन्, खै च्याङ्बा भनी भन्दैछु छिट्टै आउँदैछ
भन्दैछु छिट्टै आउँदैछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *