म पर्खिरहेछु यहाँ, आऊ तिमी
बिहानीको लाली बनेर आऊ
आऊ-आऊ तिमी आऊ मिलनका
मिठा-मिठा पल बनेर आऊ
बिछोडको खबर हुलाकीको हातबाट नपठाऊ
हर्ष, आँसु भै बियोगमा डुब्छ भो,
भो यो चिठी अहिले नै फिर्ता लैजाऊ
हरेक वर्ष वसन्तमा मधुमास बनेर आउँथ्यौ
यो उदासी मनमा पनि बहार बनी छाउँथ्यौ
तर यसपाली वसन्त मधुमास नआउँदै गयो
पाउलिएका रहर बेदनाको घुम्टोभित्रै लुक्यो
खुसी पनि बेखुसीको बादलभित्र झझल्कोमा रह्यो
तिमी मेरो जूनतारा यो मनको “आकाशमा”
आज तिमी नउदाउँदा निरस यो मनमा भयो
गीता थापा
ईजरायल

म पर्खि रहेछु यहाँ, आऊ
म पर्खि रहेछु यहाँ, आऊ तिमी
बिहानीको लाली बनेर आऊ
आऊ-आऊ तिमी आऊ मिलनका
मिठा-मिठा पल बनेर आऊ
गीता जी साच्चै तपाइको यो कोशेलि साह्रै राम्रो लग्यो …
येस्तई गरि लेखिरहनुस ल मा मनमा खुसि भर्दै पदिमत्र रहनेछु हजुरलाई…
हजुरलाई सफलताको कामना छ यो मनोज को….
मनोज काफ्ले “मनसुन”
स्यांग्जा हाल:कुवैत