सृजनालाई शंकामा होइन उत्साहमा फुल्न दिअौं
एउटा सुन्दर बिचारले बदलिंदैन सिंगो नेपाल
लौन-लौन म-तिमी हामी सबैको बिचार मिसाअौं
सृजनाले सङ्का होइन उर्जा बोकी ल्याउँछ
मेची काली एउटै भै “अब लौ-न जुटौ” भन्छ!
लाली गुराँस रातो रङमा माया सिकाउँछ
डाँफे मुनाल मिठो धुनमा नेपालको गीत गाउँछ
पाटी-पौवा साउती मार्दै “लौन-लौन छिटो फ”र्क भन्छ
मादलुको धुनसँगै दोहरी रमाउँछ
ढोल-झेम्टा मुर्चुङ्गामा रोदी नाच्ने नेपाली हाम्रो
हामी सबै एक भै विकास गरे आहा कति राम्रो
अबको दिनमा हाम्रो लडाईं बारुदको होईन
बुद्दिको हुनु पर्छ
सबैको भावनालाई सङ्गालेर जीवन
पथमा अघि बड्नु पर्छ
अब पनि बिल्लम गरे उन्यूँ फुली ढुङ्गा रसाउँछ
हामी सबै मिले मात्र नेपालीको शिर उचालिन्छ।
