Skip to content

बिना तामाङ

अनवरत यात्रामा साथ छोडिदियौ तिमीले

अनवरत यात्रामा साथ छोडिदियौ तिमीले
अपरिचित मोडमा मुख मोडिदियौ तिमीले

चन्द्र जस्तै त्यो मुहार सधै हाँसी खुसी देख्दथें
तिम्रो रुपमा मस्त नयन फोडिदियौ तिमीले

भोगाइ

सीमा निकै दङ्ग थिइन् त्यस दिन । बिजयले उनको रुपको प्रशंसा गरेको थियो । ऐना अगाडि घण्टौं समय बिताइन् ।

आफ्ना आँखाहरू साँच्चै नै मृगका झैं नै देखेकी थिइन्, ओठहरू कमलका पात झैं, अनि गालाहरू रगत चुहिएला जस्तै ।

“ओहो! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु ।”

सीमा आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् । बिजयले भनेका कुराहरू एक एक गर्दै सम्झन थालिन् ।

मेरो यात्रा

बोकेर अंगालोमा
जीवनका एक हुल विवशता
जीवनकै भीर उक्लिनुपर्दा
बढिरहेको श्वासप्रश्वाससँगै
चाल्दै पाईला लामा छोटा
गतिमान ढुकढुकीको बेगसँगै
अर्थहिन लक्ष्य प्राप्त गर्ने तत्परता

नमिठो सपना

  • by

अनायसै उनको आखाँहरू आश्चर्यले ठुला ठुला भएका थिए । स्तब्ध वातावरण सँगै उनी पनि स्तब्ध थिइन् । आशा त के कहिल्यै चिताएकी सम्म पनि थिइन उनले त्यो क्षणको जुन त्यसदिन घट्दै थियो । कानहरू बन्द भएको आभास हुदँथियो भने हृदय भारी अनि हातखुट्टाहरू फतक्क्कै गलेको थियो ।

“तिमीले भन्दैछौ तिमीलाई होस त छ?” विस्मयमिश्रित स्वरमा सुधा मिस भन्दै थिइन् ।

“मिस यो साँचो हो। मैले जे भने त्यो मैले विगत पाँच वर्षदेखि आफ्नो मनभित्र गाँठो पारेर राखेको भावानाहरू हो ।” आफूलाई अझ शसक्त बनाउँदै बिकास सुधा मिसलाई भन्दै थियो ।

म क्याकटसको फूल मन पराउँछु

  • by

फूल, बासना, सुख, उपहार सबै मन पराउँछन्
तर म ती सबलाई पछाडि राखेर दु:ख मन पराउँछु
दु:खमा नै जीवानुभूति गर्न सक्छु
पीडामा नै म आत्मीयता महशुस गर्न सक्छु
सुख क्षणिक हुन्छ, साथ दु:खले पो दिन्छ
पुरै जीवनको केही अंश मात्रै सुखको
बाँकी दु:ख त्यसैले म तिमीलाई यहि दु:खमा
अनन्तकाल सम्म अनुभुती गर्न चाहन्छु
किनकिम अरुभन्दा नितान्त फरक हुन मन पराउँछु

मोबाइलले दिएको खुसी

आजभोलि उनी खुसी देखिन्छिन् । उनको त्यो मुहारमा अनौठो चमकता देखिएको छ। मानौ वर्षातको बादल गड्किदाँ एकझमकमा देखिने त्यो बिजुलीको चम्काई हो ।

लगभग चार-पाँच महिना हुन लाग्यो उनमा यस्तो परिवर्तन देखा परेको त्यस भन्दा अघि नि साह्रै निरश देखिन्थिन् । उनलाई म राम्ररी चिन्दछु । आफ्नो एउटी छोरीसहित उनी मेरो घर भन्दा पुर्व पट्टीको घरमा बस्दथिन् । उनको आफ्नै घर हो । तर एक्लै बस्थिन् । सासु ससुरा गाउँकै घरमा बस्थे ।

उनको नाम संगीता हो । झट्ट हेर्दा त्यति आकर्षक देख्दिन शारीरिक रुपले । अगाडीका दाँतहरू उछिट्टिएका भएपनि बोलीमा मिजासिलोपन पाउन सकिन्छ। होची तर पातली शरीरकी धनि संगीताको कपाल लामो भएपनि घुमुर्किएकोले होला कोरेपनि नकोरेको झै देखिने गरी गुजुमुज्ज परेको छ ।

आज भोलि मौनतामा जलेछु

  • by

आज भोलि मौनतामा जलेछु म कता कता
चतुरेको छल परी छ्लेछु म कता कता

कालरात्री भयंकर अन्धकारमा दीप बनें
भित्र भित्रै सल्किदिदाँ बलेछु म कता कता

तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियौ
भीर-पाखा चट्टानमा फलेछु म कता कता

उनी अनि विधाता

  • by

“सानी, सानी” कसैले एकाबिहानै मलाई बोलाउँदै थियो । म भर्खरै बाबुलाई गृहकार्य गराउन बसेकी थिएँ । यो सम्बोधनले तान्यो मलाई र म बाहिर हेर्न बाध्य भएँ ।

बाहिर हेर्छु त बिजय पो रहेछ।

“किन बिजय ? आऊ न भित्रै, ” मैले अघि पछि झै मुसुक्क हाँसेर सोधें र भित्र आउन आग्रह गरें ।

तर बिजयमा अरु दिनमा जस्तो चञ्चलता थिएन । अनुहार र हाउभाउ हेर्दा पक्कै पनि केही गम्भिर कुरा होला भन्ने मैले लख काटें ।

आमा! तिमी ब्रम्हाण्डकी रानी हौ

  • by

आमा! तिमी ब्रम्हाण्डकी रानी हौ
स्वच्छ, निर्मल गंगाकी पानी हौ

एक्लै पर्ने हो कि डर छ सर्बत्र
साथ हुन्छौ मेरी साथी सानी हौ

सदमार्गमा लाग्ने प्रेरणा दियौ
शालीन तिमी असल बानी हौ

सोचे जस्तो मैले केही गर्न पनि पाइन

  • by

सोचे जस्तो मैले केही गर्न पनि पाइन
आमा पीडा भो नि लौन मर्न पनि पाइन

भेडा-बाख्रासँगै रनवन चरी हिडेथें
पढी गुनी ज्ञानको ज्योति भर्न पनि पाइन

फेरि फर्केर माईत आउँदिन नि दाजु

फेरि फेरि फर्केर माईत आउँदिन नि दाजु
दान भएँ, तिम्रो ढोका धाउँदिन नि दाजु

बाबा आमा तिम्रै हुन् क्यारे म चाहिं पराई
हत्ते सत्ते गरें पनि दया पाउँदिन नि दाजु

सहनाईको धून बज्दा मन् मेरो बिरहले रुन्छ
वनपाखा डुल्दै अब गीत गाउँदिन नि दाजु

मदिरा मोह

  • by

“मामा ए मामा !”

कता कता तन्द्रामा बोलाएझैं लाग्ने यो आवाजले झस्काउँछ लगभग ५५ वर्षीय बिदुर पाण्डेलाई । ऊ निद्रादेवीसँग बिदा माग्दै तातो डबल-बेडको पलङ्बाट सकी-नसकी आफ्नो गणेश जस्तो शरीरलाई बलजफ्ती थाम्दै उठ्न खोज्छ ।

“मामा ए मामा ! हैन यतिका बेरसम्म भैसक्यो । अँझैं जाने सुरसार छैन?” फेरि उही च्याँठिएको स्वर बिदुरको कानमा ठोकिन आइपुग्यो ।

खुसीसाथ हारें मैलें

जीत खोज्छन अरु सबै खुसीसाथ हारें मैलें
पराईलाई मार्छन सबै आफैलाई मारें मैले

आफू खुसी तिमीलाई आफ्नो गगन बनाउँदा
विस्मातका बर्षातहरू आफैंमाथि झारें मैले

शंका

चौडा निधार, ठुला ठुला आँखा, कालो लामो केशकी धनी निशाको विवाह रमेशसँग भएको लगभग दुई बर्ष बितिसकेको थियो । अन्तर्मुखी स्वभावको २८ बर्षीय रमेश आफूभन्दा ५ बर्ष कान्छी, सुन्दर जीवनसाथी पाउँदा निकै हर्षित र दङ्ग थियो । झट्ट हेर्दा रमेश र निशाको जोडी कता कता अमिल्दो देखिन्थ्यो । पातलो, अग्लो कदको रमेश युवा अवस्थामै अलिक कुप्रो देखिन्थ्यो भने नाक लामो भएकोले होला आँखाहरू खोपिल्टाभित्र पसेको भान हुन्थ्यो । उनीहरूको विवाह परिवारकै सहमतिमा मागेर भएको थियो ।

विवाहको प्रारम्भिक दिनहरूमा निशा रमेशसँग बोल्न लजाउँथिन् । तर पछिल्ला दिनहरूमा रमेशको सामीप्यमा रहँदा बस्दा निकै खुलेर हाँस्ने बोल्ने गरेकी थिइन् ।