Skip to content

बिना तामाङ

च्यामान लोङ्बा सोम

  • by

च्यामान लोङ्बा सोम ब्ल्ही य्हो माहिसी न्हाई मान्जी
युल्साला मायाजे तिङ साजी नेताका ताई मान्जी

एस.एल.सिनु पास हिन्न हिसाब स्येबाका
लाहानन ताम च्यांगना भत्ता ङाईनु चाई मान्जी

विश्वास गरें असीमित बदलामा घात दियौ

  • by

विश्वास गरें असीमित बदलामा घात दियौ
बिहानीलाई चुम्न खोज्दा सूर्य छेकी रात दियौ

सुकिसकेको घाउहरू कोट्याएर नून छर्क्यौ
बिर्सिसकेको दुखाईको खातमाथि खात दियौ

खुसी दिएँ साटोमा रिस खनायौ

  • by

खुसी दिएँ साटोमा रिस खनायौ
सँगै बाँच्ने रहर शुल बनायौ

देख्दा जोडी कसैको जल्छ यो मन
डाहा हुन्छ मनमा गल्छ यो तन
नाता तोड्यौपराई आफै जनायौ
सँगै बाँच्ने रहर शुल बनायौ

प्रेम गर तर वाचा नगर

  • by

प्रेम तिमी गर तर वाचा कहिल्यै नगर
किनकि ती वाचाहरू सदैव तोडिन्छ
आकाशको जून टिपेर दिने कुरा नगर
त्यसले वास्तविकताको धरातल भाँचिन्छ

असम्भव बातहरूमा मलाई न अलमल्याऊ
मलाई त्यसले कता कता विचलित गराउँछ
मरेर अर्को जुनीमा भेट्ने आश्वासन नदेखाऊ
त्यसले मलाई जिउँदै मरेतुल्य बनाउँछ

सक्छौ भने मलाई स्वतन्त्रता देऊ
परिबन्दमा पार्ने कोशिस कहिल्यै नगर
सक्छौ भने तिमी मलाई विश्वास दिलाऊ
अविश्वासको खाडल कहिल्यै नभर

चाहिन्न भो मलाई ती भौतिक उपहार
मात्र स्वार्थ हुन्छ त्यसको प्रयोग नगर
माग्दिन म तिमीसँग रत्नजडित हार
मात्र मलाई हृदयले चोखो माया गर

प्रेम विश्वासमा हुन्छ, समर्पणमा हुन्छ

परिवर्तन

  • by

जीवनमा के के न गर्छु भन्ने लाग्थ्यो । उमेर छदाँ त उडेको चरा नै समातुँला झै लाग्थ्यो । घमण्डले छाती धक्क फुल्थ्यो । भलै डक्टर, ईन्जिनियर, पाईलट बन्ने सपना देखिएन तर पनि केही फरकशैलीको काम गर्नेछु भन्ने कुराले जरो गाडिरहन्थ्यो । अरुभन्दा पृथक देखिन मन लाग्ने। सायद यही घमण्डीपनाको चरमता थियो। कसैले भनेको नमान्नुमा गर्व महशुस गरिन्थ्यो । यद्यपि साथीहरूको निम्ति ज्यानै हाजिर हुन्थ्यो । कसैले चलनचल्ती अर्थात फेसनको कपडा आफ्नो जस्तै लगाएको देखियो कि भोलिपल्टदेखि त्यो कपडा आफ्नो शरीरमा घुसाउँदै नघुसाउने बरु च्यातिएकै भएप नि पुरानै लाउने तर् अरु भन्दा पृथक हुनै पर्ने। अहिले सम्झिँदा पनि आफैँ देखि घृणा लागेर आउँछ आफ्नो बानी देखेर ।

सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा

  • by

सम्झनाको तरेलीमा तिमीसँगै तैरिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

आज राति सपनीले तिमीलाई सँगै पायो
तिमीसँगै बिताएका पलहरू याद आयो
रहेनछौ तिमी यहाँ झस्किएर ब्युँझिदिँदा
भक्कानेर रोऊँ लाग्छ आँशु तिम्रो झरिदिँदा

आकाशमा जून देख्दा तिम्रो याद आउँछ

आकाशमा जून देख्दा तिम्रो याद आउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ

परदेशी भयौ तिमी, एक्लै छोड्यौ मलाई
किन राख्छौ घरिघरि मन मेरो जलाई
अधेँरीमा जुनकिरी प्रीत गीत गाउँछ
धर्तीलाई चुम्ने घाम बिहानीले पाउँछ

हरपल यी आँखाहरू कसैलाई खोज्दैछ

  • by

हरपल यी आँखाहरू कसैलाई खोज्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ

जून जस्तै मुहारमा ती चम्किला छन आँखा
एक मुस्कान छरिदिदाँ, गाउँछु मिठो भाका
अनायसै यो के भो? कोही मनसँग सोध्दैछ
लाखौंबीच आज यो मन उसैलाई रोज्दैछ

स्वतन्त्रता

थाहा छैन मैले समाजको नजरमा सही गरें वा गलत । तर आफ्नै नजरमा भने शतप्रतिशत सही छु । यसलाई पचाउने हिम्मत सायदै कसै कसैमा होला नत्र अलच्छिना, बेश्या, दुष्ट लगायत यावत सम्बोधनले मलाई रोप्ने शब्दहरूको भण्डार नै छन् यहाँ । तै पनि मनले भन्छ जे गरें ठिकै गरें ।

भनिन्छ नि दिल र दिमागको द्द्वन्दमा सैदब दिलको आवाज सुन्नुपर्छ । त्यसैले मैले पनि मेरो मनको आवाजलाई बुलन्द पारें अन्तत्वगत्वा मेरो मनको विजय भएको छ । अनि रुढिवादी संस्कार बिरुद्धको क्रान्तिले विजय प्राप्त गरेको छ । मेरो मनको विजय भएकोछ मेरो विजय भएको छ अनि जीवन संघर्षको दौरानमा मैले फड्को मारेको छु – यो चाहे अरुले मानोस वा नमानोस । हिड्ने गोरेटोहरूको तीखा काडाँहरू छिमल्दै यहाँसम्म सुरक्षित आईपुगेको छु । यसैमा म खुसी छु । अनन्त खुसीलाई समेटन सकेको छु ।

पेबा-च्योम्बा आरे एदा

पेबा-च्योम्बा आरे एदा, म्हुन्-दिन कोर्सी प्राबा
म्रीङ्-कोल्ला ला सुर्ता आरे, ख्लाङ्सी चखेन चाबा

कोर्की गुन्या ध्हिम्ला म्रीङ्दा, ख्लुसी पिन्बा आहाम्
आइराक थुङ्सी म्हिङ्गुर्न, ङाछ्याङ ताम लाबा

शब्दहरूसँगको खेलसँग डर लाग्छ

भावहरू उर्लिएर आउँछ
समुद्रको छाल झै वेगसँग
फेरि हुत्तिएर किनारामा
निमेषभरमै पाखा लाग्छ
भाव व्यक्त गर्न व्यग्र हुन्छु
अभिव्यक्ति गर्न खोज्छु
अहो! मनमा त द्वन्द्व पो चल्छ
बहस चल्छ
अनि घमासान युद्द चल्न थाल्छ

आखाँभरि सपना तिम्रो छाउन थाल्यो

आखाँभरि सपना तिम्रो छाउन थाल्यो
यो मनले शितलु प्रीति लाउन थाल्यो

तिमीसँगै बाँच्ने रहर अंगालीदेऊ
छरिएछु मायामा तिमी संगालीदेऊ
कोइलीले सुरिलो गीत गाउन थाल्यो
यो मनले शितलु प्रीत लाउन थाल्यो

बुढानीलकण्ठ

  • by

सानो सानो गाउँ मेरो
भन्छन् सुन्दर नगरी
अद्वितीय उपहार प्रकृतिको
शिरको हो यो पगरी

काठमाण्डौंको उत्तरी भेग
ओगटेको छ यसले सारा
लाग्छ मानौ आकाशको
यो हो चम्चम् गर्ने तारा

मुखले राम राम बगलीमा छुरा

  • by

मुखले राम राम बगलीमा छुरा बोक्छ
सित्तैमा पायो भने धान हैन भुस धोक्छ

चुरोट गाँजा तान्दै हिड्छ जोगी जस्तै बनी
श्वासप्रश्वास रोक्ला जस्तै रातैभरि खोक्छ

जीवन

  • by

जीवन जिउने क्रममा,
यात्राको उकाली ओराली, झरना अनि कन्दराहरूमा
कहिले मच्चिदैँ, कहिले उफ्रिंदै, कहिले बयली खेल्दै, कहिले पछारिदैँ
मेरो आत्मा तिमीलाई प्राप्त गर्ने आशामा,
भूमरीमा रङ्मङिदै
आफ्नो एकलौटी राज गर्ने सपना बुन्दै

हामी नेपाली हौं

  • by

नेपाल विश्वकै सुन्दर अनि शान्त हाम्रो देश
विविधतामा पनि एकरुपता ल्याउन सफल छौं
देश, परदेश जता जाऊ जे गर बन्देज छैन
तर यो सोच, सबभन्दा पहिले हामी नेपाली हौं

अब फर्क प्रिय

चिसो सिरेटो
हुस्सुले ढाकिएको बिहानी
लतमन्न भई ओच्छिएका फाँटहरू
दन्तेलहर झै हाँसिरहेका आलीहरू
चिल्लो ती गह्राहरू
भोलिका दिनमा आफ्नो बैंश फुलाउन
आतुर सुन्दर प्रकृतिका बीजहरू
आफ्ना हातहरू फिजाएर मलाई बोलाउँदै छ

जीवन

थाहा छैन जीवन कहाँबाट शुरुवात भयो
अनि कसरी अन्त्य हुन्छ
जब मेरा आँखाहरू खुले मैले आफूलाई
कुनै स्वर्गनगरीमा पाएँ
जहाँ पुष्परुपी बादलहरू लुकामारी खेल्दै थिए
निला निला गगनमा म आनन्द बिभोर हुदैँ विचरण गर्दै थिएँ

बाँच्नुको अर्थ

अस्पष्ट उज्यालोमा
सपनाको बीज रोपेर
जीवन फुलाउने रहरहरू
आँशुको पर्वतहरूमा अनुदित भएर गयो
मात्र पैसा सबै खुसी हुन सक्दैन
जिन्दगीका साथ हर-हिसाबहरू
कुनै नोटमा मोलतोल हुन सक्दैन
जीवन भौतिक न हो