यतै कतै मुटुभित्र माया चोरिएको थियो
तिम्रो चित्र आखाँभित्र कोरिएको थियो
आफ्नै प्रिय तिमी मानी दिलमा सजाएँ
धोका दिई छोडी जाँदा घोरिएको थियो
प्रेम पुष्प तिमीलाई दिंदा छरिदियौ
यो मनभरि झर्या फूल सोरिएको थियो
साथ तिम्रो पाएँ सम्झी खुसी भैइदिएँ
साथ तिम्रो अन्त कतै जोरिएको थियो
दङ्ग परे सबै हेर रोज्या’ साथी पाए
मेरो मात्र भाग्य यहाँ फोरिएको थियो
बिना तामाङ
