Skip to content

अनवरत यात्रामा साथ छोडिदियौ तिमीले


अनवरत यात्रामा साथ छोडिदियौ तिमीले
अपरिचित मोडमा मुख मोडिदियौ तिमीले

चन्द्र जस्तै त्यो मुहार सधै हाँसी खुसी देख्दथें
तिम्रो रुपमा मस्त नयन फोडिदियौ तिमीले

रङ्गीबिरङ्गी फुलबारीमा थिएँ तिम्रो रोजाई
के भुल भयो र अर्कै फूल गोडिदियौ तिमीले

तिम्रो मेरो नाता यो अजम्बरी होस भन्ने गर्‍थ्यौ
गाँठो पारी कसेको सम्बन्ध तोडिदियौ तिमीले

तिम्रो लागि बाँच्ने चाहना अनगिन्ती हुदाँ हुदैँ
अनायसै मृत्युसँग नाता जोडिदियौ तिमीले

बिना तामाङ
काठमाण्डौं

4 thoughts on “अनवरत यात्रामा साथ छोडिदियौ तिमीले”

  1. hi dd
    bina d malai chinnu bhayo..maile tetikai k k khojda hajur ko gajal haru dekhe….its really nice d…hajur le pani yesto lekhnu hudo raicha…nyway keep it up d..miss yea..

  2. namaskar didi
    sarai nai man paryo sarhai mitho gajl. sabai ramro cha
    saab bhanda maan pareko
    रङ्गीबिरङ्गी फुलबारीमा थिएँ तिम्रो रोजाई
    के भुल भयो र अर्कै फूल गोडिदियौ तिमीले

    yo sarai man paryo

    dherai dherai subhakamana.

Leave a Reply

Your email address will not be published. Required fields are marked *