Skip to content

बिना तामाङ

हिजो जस्तै लाग्छ च्याङ्बा

  • by

हिजो जस्तै लाग्छ च्याङ्बा
तीन पोङ् रक्सी
सिगैं कुखुराको भाले
डालोभरि रोटी बोकेर
त्यो ठाडो उकालो कतै
नबिसाई ठमठमी
जाजरकोट र ढाका टोपी ढल्काएर

पाएँ आज उदास यी आँखाहरू

पाएँ आज उदास यी आँखाहरू एकान्तमा
लाग्न थाल्यो फूल बिना शाखाहरू एकान्तमा

जन्मभूमि छाडिगयौ परदेशी बन्न पुग्यौ
रित्तो रित्तो भो आमाको काखाहरू एकान्तमा

विज्ञानले फेल खाएकै हो

आजभोलि म विचारशील भाको छु
बडो गज्जबको कुरा सोच्छु
अनि मन मनै दङ्ग पर्छु
मैले नयाँ कुरा पत्ता लगाए नि
हो मैले नयाँ कुरा पत्ता लगाएको छु
सोध्नुहोला के भनेर

20111019_BinaTamang_News

तामाङ डाजाङको साहित्यिक गोष्ठी १०१ औं शृंखला सम्पन्न

  • by

तामाङ साहित्यलाई निरन्तर रुपमा उत्थान, जगेर्ना एवं विकासका हेतु संचालित तामाङ डाजाङको नियमित गोष्ठीको १०१ औं शृखला मिति २०६८ आश्विन २८ गते शनिबार आर आर क्याम्पस प्रदर्शनीमार्गमा सम्पन्न भएको छ।

देश दुखेको कविता

  • by

म देख्दैछु
हिमाल रुदैँछिन्
पहाड ढल्दैछिन्
अनि तराई बग्दैछिन्
सायद देश दुख्दैछ
हो यति बेला देश दुखेको छ
र मसँग भाव व्यक्त गर्न शब्दहरू छैन

म तिम्रो लागि योग्य छैन

  • by

निला निला गगन
सेता बादलहरू
हरियो चौर
रङ्गीबिरङी फूलहरूको
एउटा सुन्दर बस्ती छ
जहाँको धर्ती
मायाका शीतहरूले सिञ्चित छ
हो त्यस्तो बस्ती छ
जहाँ म पुग्न सकिरहेकी छुईन

आव्हान गरिरहेछ बस्तीले
सुकोमल बाहुहरू फिँजाएर
आत्मीयताका रङगहरू पोतेर
निश्चलताको मुस्कान छरेर
हो त्यो बस्तीले मलाई बोलाईरहेछ

स्वन्त्रताको घाम उदाएको
चेतनाको बिगुल फुकिएको
मानवताको विचारहरू पोतिएको
आस्थाका किरणहरू छरिएको
यस्तो लाग्छ त्यो कुनै बस्ती नभएर
स्वर्गको कुनै टुक्रा हो
जहाँ देव बास गर्छन्

आजभोलि म देख्दैछु

आजभोलि म देख्दैछु
बुद्धका जस्ता मन भएकाहरू
बिशाल हृदयका मेरा बन्धुहरू
खै किन हो एक अर्कामा
वैमन्श्यताको रङ्गहरू छ्याप्दैछन्
द्वेषका घोलाहारु खन्याउदैछन्
वरपीपल छोएर
मनहरू रुवाएर लड्दैछन्

कविता

  • by

सिssss चुप लाग
एकैछिन शान्त होऊ
प्रशव पीडामा छिन् उनि
एकैछिन धैर्य गर
बरु चाँजो मिलाऊ
चिसो लाग्न नदिन
न्याना पाठकीय मनहरू सिलाऊ
अनि तयार पार थाङ्ना
झट्ट एउटा कलम ल्याऊ
अनि कपीका पाना पनि
शान्त वातावरण बनाऊ
बिल्कुलै हल्ला नगर
उनि वेदनाले छट्पटिएको त
म पनि कहाँ हेर्न सक्छु र?
यद्यपि त्यो पीडाले
असिम आनन्द दिनेछ
किनकि कविताको जन्म हुन गैरहेछ

जन्मियो? अँ जन्मियो
एउटा सृजना जन्मिएछ
वातावरण उल्लासमय छ
साँच्चै कविता जन्मिएछ
अहा! कस्तो सुन्दर

अब म कवितालाई
असिम मायाले सेक्छु

शुभकामना छ डाजाङ तिमीलाई

  • by

ङाला सेमरी ख्ला आरे,
तीनि ल्हानान् ताङ्सी
सयौ बोरी पाइला न्हेबा
डाजाङ एदा म्राङ्सी ।
अझन ज्याबा डन्बा मुला
ज्योमो गाङ राङ तउ ए
हाम्दे ङाइनु होस्टे लला
अझन ङाच्छा ब्राउ ए ।

विश्व सामु उचोँ शिर बन्नुपर्छ अब

विश्व सामु उचोँ शिर बन्नुपर्छ अब
भय छाडी सुर वीर बन्नुपर्छ अब

सानो भनी घोचा हान्ने परचक्रीलाई
अग्लो ठुलो तारे भिर बन्नुपर्छ अब

एक् निमेष् मै शत्रु ढालिदिने धनुबाट
निस्किएको अचुक् तिर बन्नुपर्छ अब

हातेमालो गर्दै अघि बढ्ने मित्रसँग
शुद्द, चोखो, मिठो खिर बन्नुपर्छ अब

सिमा मिच्ने बैरी शत्रु सबै उनिदिने
रातो, तातो, तिखो झिर बन्नुपर्छ अब

बिषादका रङ्गहरू आफैँ दल्न थालेँ

  • by

बिषादका रङ्गहरू आफैँ दल्न थालेँ म त
उच्वासमा बाँच्न गाह्रो लौन ढल्न थालेँ म त

तिमी मेरो अहोभाग्य मनमनै दङ्ग परें
अभागीको ताज भिरी भाग्य छल्न थालेँ म त

सँगै यात्रा तय गर्ने हाम्रो हात छुटिदिदाँ
एक्लै भिर पाखा डुल्दा डुल्दै गल्न थालेँ म त

तिमी हिड्ने बाटोभरि ओछ्याउँछु फूल भन्थ्यौ
गोरेटोमा तिख्खर काँडा छिमल्न थालेँ म त

तिमीसँग बिछोडिएँ आँधीबेरी थाम्न खोज्दा
चैतमासे हावाहुरी बन्दै चल्न थालेँ म त

चोखो प्रीत साँचु भन्दा रन्को लाग्ने चोट दियौ
आफ्नो लास आफै बाल्दै आज जल्न थालेँ म त

कसो गरी जीवनबाट खुसीहरू टाढा भए

  • by

कसो गरी जीवनबाट खुसीहरू टाढा भए
मेटाउन खोजेँ परन्तु यादहरू गाढा भए

आँखाभरि सपना साँची बगैँचामा फुल रोपेँ
हेर्दा हेर्दै परिवर्तित फूलहरू काँडा भए

आगमन त्यो तिम्रो मेरो लागि हरियाली थियो
घात गर्‍यौ, जीवन आज फेरि फुस्रा डाँडा भए

जहाँ जहाँ खोज्दै हिड्छु निश्चल् निर्मल चोखो माया
उहीँ माया ढाँटी खाने स्वार्थीपनको भाँडा भए

छिनछिनै थुम्थुम्याउँछु, बाँधिराख्छु मन पनि
सधैभरि रहरहरू सीमा नाघ्न छाडा भए

बिना तामाङ

छोड्यौ हात तिम्ले

  • by

छोड्यौ हात तिम्ले मेरो सँगै यात्रा गर्दागर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

तिमी बिना सोच्या छैन कुनै पल मैले
एकहोरो माया गरेँ गरिन छल कहिले
आफ्नै सुख छाडी तिम्रो दु:ख हर्दाहर्दै
मलाई बिर्सी गयौ मायाको रङ्ग छर्दाछर्दै

थाहा छैन केको खुसीमा हो

  • by

थाहा छैन केको खुसीमा हो
जिन्दगीको मेला सदाबहार लागिरहेछ
मेलाको खुसी सकिएर फर्किदाँको समय
पाउनु र गुमाउनुको हिसाबकिताबहरू
कुनै बहिखातामा लेखाजोखा गरिदैंन

समय

समय ! अचम्मको छ यो समय
होम्मिएको छ यो समय
भोलि हिजो हुन्छ आघौं यसपाली हुन्छ
पोहर परार हुन्छ
यसै गरी बतासिन्छ समय
सृजना, बिकास र विनाश गर्छ
पदार्थ, जीवको जन्म मृत्यु
जानी नसक्नुको भद्रगोल छ समय

किन होला फूलले पनि बिझाउँछ आजभोलि

  • by

किन होला फूलले पनि बिझाउँछ आजभोलि
अतीतका यादहरूले रुवाउँछ आजभोलि

भुल्न खोजें, ती मिलनका सम्झना पो गडिदिने
सपनीले आधारातमा ब्युझाउँछ आजभोलि

स्वच्छ थियो शान्त थियो यो हृदयको जलाशय
कसैले यो शान्त तलाउ चलाउँछ आजभोलि

मौन दियो बलिरहन्थ्यो हिजो मन मन्दिरमा
त्यो मन्दिरको घण्ट किन बजाउँछ आजभोलि

जीवनमा शितलताको खडेरी नै परे जस्तो
कोही कोही जिन्दगीलाई जलाउँछ आजभोलि

बिना तामाङ
काठमाण्डौं

कटु यथार्थ

  • by

सपनामा कहाँ हो कहाँ उड्दै थिएँ
कताकता खुसी लाग्दै थियो
विपनामा जस्तै लाग्दै थियो
कल्पनाको विरानो आकाश
आँखाले नभ्याउने धर्तीको विशालता
टाढा सेता नदीकिनाराहरू
हरिया वनजंगलहरू
गुच्मुच्च बस्तीहरू
चाँदीको महल झै टल्किएको हिमाल
नागबेली नदीहरू
सेता फिंज काटिरहेका झरनाहरू
कतै बाली पाकिरहेका फाँटहरू
कतै वस्तु चरिरहेका चौरहरू
आफ्नै धुनमा मस्त चराचुरुङ्गीका बथान
जीवन कता हो कता सुन्दर लाग्दै थियो

क्षणमै शरीरको संतुलन गुमाएर
खस्न पुग्छु म
झल्याँस्स हुन्छु म
मुटु चिसो हुन्छ,भक्कानिन्छ

तिम्रो त्यो बलिदान

  • by

मेरो प्रिय हिजोको दिनहरूमा
मगमगाउने फूलहरू गोड्ने
तिम्रा ती हातहरू
आज विवशतामा काँडाहरू
सुसुम्याउन बाध्य छ
कसैको आँखामा रसाएको
एकथोपा आँशु देख्दा
टप्प टिपी आफैमा दल्दै
टल्पलाउने ती आँखाहरू
आज वेदनाले ताल बनेको छ

माया गर्छु तिमीलाई वाचा गरें यस्तो

माया गर्छु तिमीलाई वाचा गरें यस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो

तिमीलाई जून माने आफूलाई तारा
यस्तो माया गर्छु प्रिय बिर्सनेछौ सारा
हाम्रो माया यस्तो होस नौनी परे जस्तो
यो धर्तीमा ईन्द्रेणीले रङ्ग छरे जस्तो