बिना तामाङ
म तिम्रो लागि योग्य छैन
निला निला गगन
सेता बादलहरू
हरियो चौर
रङ्गीबिरङी फूलहरूको
एउटा सुन्दर बस्ती छ
जहाँको धर्ती
मायाका शीतहरूले सिञ्चित छ
हो त्यस्तो बस्ती छ
जहाँ म पुग्न सकिरहेकी छुईन
आव्हान गरिरहेछ बस्तीले
सुकोमल बाहुहरू फिँजाएर
आत्मीयताका रङगहरू पोतेर
निश्चलताको मुस्कान छरेर
हो त्यो बस्तीले मलाई बोलाईरहेछ
स्वन्त्रताको घाम उदाएको
चेतनाको बिगुल फुकिएको
मानवताको विचारहरू पोतिएको
आस्थाका किरणहरू छरिएको
यस्तो लाग्छ त्यो कुनै बस्ती नभएर
स्वर्गको कुनै टुक्रा हो
जहाँ देव बास गर्छन्
कविता
सिssss चुप लाग
एकैछिन शान्त होऊ
प्रशव पीडामा छिन् उनि
एकैछिन धैर्य गर
बरु चाँजो मिलाऊ
चिसो लाग्न नदिन
न्याना पाठकीय मनहरू सिलाऊ
अनि तयार पार थाङ्ना
झट्ट एउटा कलम ल्याऊ
अनि कपीका पाना पनि
शान्त वातावरण बनाऊ
बिल्कुलै हल्ला नगर
उनि वेदनाले छट्पटिएको त
म पनि कहाँ हेर्न सक्छु र?
यद्यपि त्यो पीडाले
असिम आनन्द दिनेछ
किनकि कविताको जन्म हुन गैरहेछ
जन्मियो? अँ जन्मियो
एउटा सृजना जन्मिएछ
वातावरण उल्लासमय छ
साँच्चै कविता जन्मिएछ
अहा! कस्तो सुन्दर
अब म कवितालाई
असिम मायाले सेक्छु
विश्व सामु उचोँ शिर बन्नुपर्छ अब
विश्व सामु उचोँ शिर बन्नुपर्छ अब
भय छाडी सुर वीर बन्नुपर्छ अब
सानो भनी घोचा हान्ने परचक्रीलाई
अग्लो ठुलो तारे भिर बन्नुपर्छ अब
एक् निमेष् मै शत्रु ढालिदिने धनुबाट
निस्किएको अचुक् तिर बन्नुपर्छ अब
हातेमालो गर्दै अघि बढ्ने मित्रसँग
शुद्द, चोखो, मिठो खिर बन्नुपर्छ अब
सिमा मिच्ने बैरी शत्रु सबै उनिदिने
रातो, तातो, तिखो झिर बन्नुपर्छ अब
बिषादका रङ्गहरू आफैँ दल्न थालेँ
बिषादका रङ्गहरू आफैँ दल्न थालेँ म त
उच्वासमा बाँच्न गाह्रो लौन ढल्न थालेँ म त
तिमी मेरो अहोभाग्य मनमनै दङ्ग परें
अभागीको ताज भिरी भाग्य छल्न थालेँ म त
सँगै यात्रा तय गर्ने हाम्रो हात छुटिदिदाँ
एक्लै भिर पाखा डुल्दा डुल्दै गल्न थालेँ म त
तिमी हिड्ने बाटोभरि ओछ्याउँछु फूल भन्थ्यौ
गोरेटोमा तिख्खर काँडा छिमल्न थालेँ म त
तिमीसँग बिछोडिएँ आँधीबेरी थाम्न खोज्दा
चैतमासे हावाहुरी बन्दै चल्न थालेँ म त
चोखो प्रीत साँचु भन्दा रन्को लाग्ने चोट दियौ
आफ्नो लास आफै बाल्दै आज जल्न थालेँ म त
कसो गरी जीवनबाट खुसीहरू टाढा भए
कसो गरी जीवनबाट खुसीहरू टाढा भए
मेटाउन खोजेँ परन्तु यादहरू गाढा भए
आँखाभरि सपना साँची बगैँचामा फुल रोपेँ
हेर्दा हेर्दै परिवर्तित फूलहरू काँडा भए
आगमन त्यो तिम्रो मेरो लागि हरियाली थियो
घात गर्यौ, जीवन आज फेरि फुस्रा डाँडा भए
जहाँ जहाँ खोज्दै हिड्छु निश्चल् निर्मल चोखो माया
उहीँ माया ढाँटी खाने स्वार्थीपनको भाँडा भए
छिनछिनै थुम्थुम्याउँछु, बाँधिराख्छु मन पनि
सधैभरि रहरहरू सीमा नाघ्न छाडा भए
बिना तामाङ
किन होला फूलले पनि बिझाउँछ आजभोलि
किन होला फूलले पनि बिझाउँछ आजभोलि
अतीतका यादहरूले रुवाउँछ आजभोलि
भुल्न खोजें, ती मिलनका सम्झना पो गडिदिने
सपनीले आधारातमा ब्युझाउँछ आजभोलि
स्वच्छ थियो शान्त थियो यो हृदयको जलाशय
कसैले यो शान्त तलाउ चलाउँछ आजभोलि
मौन दियो बलिरहन्थ्यो हिजो मन मन्दिरमा
त्यो मन्दिरको घण्ट किन बजाउँछ आजभोलि
जीवनमा शितलताको खडेरी नै परे जस्तो
कोही कोही जिन्दगीलाई जलाउँछ आजभोलि
बिना तामाङ
काठमाण्डौं
कटु यथार्थ
सपनामा कहाँ हो कहाँ उड्दै थिएँ
कताकता खुसी लाग्दै थियो
विपनामा जस्तै लाग्दै थियो
कल्पनाको विरानो आकाश
आँखाले नभ्याउने धर्तीको विशालता
टाढा सेता नदीकिनाराहरू
हरिया वनजंगलहरू
गुच्मुच्च बस्तीहरू
चाँदीको महल झै टल्किएको हिमाल
नागबेली नदीहरू
सेता फिंज काटिरहेका झरनाहरू
कतै बाली पाकिरहेका फाँटहरू
कतै वस्तु चरिरहेका चौरहरू
आफ्नै धुनमा मस्त चराचुरुङ्गीका बथान
जीवन कता हो कता सुन्दर लाग्दै थियो
क्षणमै शरीरको संतुलन गुमाएर
खस्न पुग्छु म
झल्याँस्स हुन्छु म
मुटु चिसो हुन्छ,भक्कानिन्छ


