बिना तामाङ
स्मृतिमा मगर्नी
गोल गोल पुक्क पुक्क परेका गाला, हल्का चिम्सा दुई आँखाबीचको चेप्टो नाक, सानो गोलो ओठ र अगाडिको पुरै कपाल उचालेर भुक्क पारेको कालो कपाल सहितको फराकिलो निधार, छोटा छोटा पोटिला हातसहितको होचि होचि तर सग्लो आकृतिकी एउटी मगर्नी अर्थात बिजमाया मगर मेरो स्मृतिमा आज पनि मस्त, निर्वाध ओहोर दोहोर गरिरहन्छे । अँझ विशेषत हिउँदका दिनहरूमा ऊ बढी चलायमान रहन्छे मेरो मष्तिस्कमा । चिसा शारदीय दिनहरूमा न्यानो प्रेम बोकेर मलाई पछ्यौराले बेरिदिने मगर्नी आजभोलि कसलाई प्रेमले घनिभूत पार्दै होलिन् ?
तामाङ सेङ्राप्ला फिरि स्हेङ्बा स्ह्यो स्ह्यो
सेङराप् विधा ग्योईकाईला लोकप्रिय विधा हिन्ना । चु काल्पनिक तबा मुला । हाजिबै पात्र अथवा घटनाला कलात्मक वर्णनुन् सेङराप् हिन्ना पङ्बा खाम्ला । वास्तवरि सेङराप्ता ग्योईकाईला रिला रुपरि किन्वाला अवस्था मुला । सेङ्बाला हिसाबसे सेङराप् मुलत: सेम्राप् तेन ग्रेनराप् लसि बो नि रि थान्खाम्ला तसैनुन् व्हाई सेम्राप्तान् (गितिकथा) सेङराप् विधा नाङ्रिन् थान्बाला याङ्बा मुला । तामाङ ग्योइकाइरि सेङराप् विधासे राङ्ला स्यान ख्ला सोबला याङ्बा मुला । तामाङ ग्योइरि हाजिबाइ पात्र, घटना, परिवेशफिरि कथितिसि व्रिबा लेखतान् सेङराप् पङ्बा मुला ।
तामाङ स्रष्टा समाजको नियमित साहित्यिक कार्यक्रम
मिति २०७२ श्रावण ९ गते शनिवार तामाङ श्रष्टा समाजले आर आर क्याम्पस भृकुटी मण्डपमा आफ्नो नियमित साहित्यिक कार्यक्रमको ७० औँ अङ्क समापन गरेको छ ।
तामाङ भाषाविद अमृत योन्जनको प्रमुख आथित्यमा संचालित उक्त कार्यक्रमको सभाध्यक्षता तामाङ स्रष्टाका अध्यक्ष नेपालप्रसाद स्याङ्तान रहनुभएको थियो भने कार्यक्रम खोजराज गोलेले संचालन गर्नुभएको थियो ।
आधुनिकता
“साला क्या छे भने। उम्म्म ! मैले त्यस्को पनि घमण्ड चुर पारिदिएँ।” चुरोटको खिल्ली ओठको देब्रे कुनोले च्याप्दै लाइटर सल्काउँछ आधुनिक।
“धेर गफ नदे त ओइ। घाँस हाल्दिन त्यसले तँलाई,” नबिन चिच्याउँछ।
“हैन भन्न सकिन्न है सोमहरू। यसले धेरैलाई आफ्नो जालमा फाँसिसक्यो। त्यो मुलाङ सभ्यता के हो र। फेरि यसको थोवडा हेर न यति इनोसेन्ट देखिन्छ कि केटीहरू हुरुक्कै हुन्छन। साला अनुहार चै देकै हो के गडले। ए साउनी खै ल्याउ त ४ वटा टुबोर्ग।” तरफदारीमा बोल्छ जोसेफ।
बहुभाषिक राष्ट्रिय कविता गोष्ठी
म भर्चुअल लाइफमा बढी रम्ने मान्छे । बाध्यता, विवशता अथवा समयको माग भनौंबन्द कोठामा बसेर विश्व परिक्रमा गर्न मन पराउने म एउटा जीव । तर यही समयकहिलेकाहीँ मलाई उडाउँछदुरदराजमा, अनन्त यात्रामा र पुर्याउँछफ्ल्यास ब्याकमा ।
लगभग एक वर्ष अगाडि एउटा सन्देश प्राप्त गरेकी थिएँ फेसबुकमा। सन्देश प्रवाहकहुनुहुन्थ्यो हेटौंडाको प्रतिभाशाली गजलकारभाइ धर्मराज स्याङ्तान र सन्देश् थियो-दिदी नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमाहेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठी आयोजनागर्दैछ। नेपालभरिबाट अन्य प्राय सबै भाषामाकविताहरू प्राप्त भैसक्यो तर तामाङभाषाको भने एउटा पनि आएन। हाम्रोसमुदायको तर्फबाट तपाँईले एउटा कविता पठाएर प्रतिनीधित्व गरिदिनुपर्यो ।
