सोचे जस्तो मैले केही गर्न पनि पाइन
आमा पीडा भो नि लौन मर्न पनि पाइन
भेडा-बाख्रासँगै रनवन चरी हिडेथें
पढी गुनी ज्ञानको ज्योति भर्न पनि पाइन
देश विदेश घुम्दै हिडें भन्छ्न् पानी पँधेरो
आफ्नै घरदैलो संसार तर्न पनि पाइन
अटस् मटस् तिन्का सान पाए फेरि सम्मान
रित्तो भएँ बाबा माया भर्न पनि पाइन
हिड्ने थिएँ आँट दिए हार्ने मन थिएन
रोकिदिदाँ बाटो बस्ती सर्न पनि पाइन