Skip to content

बिना तामाङ

२१औ शताब्दीको म भाग्यमानी

  • by

२१औ शताब्दीको म भाग्यमानी
त्यसमाथि नेपालको राजधानी
हाहाकार यहाँ, सधैँ त्राही-माम
परिचय नै हराएको म बेनाम

अपरिचित छन्, नखोज मित्र
भरोसा छैन नबस मनभित्र
स्वार्थ हरदम, व्याप्त सर्बत्र
हत्या ईमानको, सत्य अलपत्र

लड्नकै लागि जन्मिएको भन्ठान

  • by

हिमाल आरोहण तिमीले गर्नै पर्छ
त्यो जति सुकै उचाईमा भए पनि
जीवन संघर्ष तिमीले गर्नै पर्छ
चुनौतीका शृंखला क्रमबद्धै भए पनि

नडराऊ तिमी, देखाऊ अदीयतता
आखिर बीर योद्धाका हौ सन्तान
विश्व चकित पार, देखाऊ निडरता
लड्नकै लागि जन्मिएको भन्ठान

प्रभाले आत्महत्या गरिन्

  • by

“आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई । हतपतीमा रहेकी आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो । के गरौं कसो गरौं भयो ।

आफूलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन्, “त चिन्दिनस्, किन चाहियो तँलाई?”

तर आज यस्ता उत्तरले मान्ने वाली थिईन प्रभा । त्यसैले भनिन्, “नचिनेको मानिस हाम्रो घरमा किन आएको त?”

बिमलाको अनुहार हेर्न लायकको भएको थियो । उनको मुखाकृति हेर्दा एक किसिमको डर, त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन् । प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म ।

दोष के नै थियो र मेरो केवल आमा बन्न सकिन

  • by

साथ दिन्छ्हु भन्थ्यौ मलाई
अन्तिम श्वाससम्म पनि
तिमी फूल म भमरा भनी
आउथ्यौ सधैं रवि बनी

बिश्वास यति गरें तिमीलाई
त्योभन्दा पर सत्य थिएन
जलायौ मेरो हृदय तिमीले
शरदमा पनि शितल मिलेन

20110219_BinaTamang_YogitaMoktan

योगिताको सम्झनामा

योगिता, तिमी थियौ नेपालीको तारा
हेर त आज स्तब्ध छन् यहाँ सारा
माया, प्रेम, स्नेह सबै रित्तिएको छ
हेर नयन सबको अँश्रुले भरिएको छ

के पीडा पर्यो तिमीलाई भन्दा हुन्थ्यो नि
सकेको त हामी तिमो लागि गर्थ्यौ नि
ज्यानै दिन तयार हुन्थ्यौ दिन निकास
जान्न मन लाग्यो कुन हो त्यो नरपिचास

मेरा सबै खुसी हरी हाँस भन्छौ तिमी

  • by

मेरा सबै खुसी हरी हाँस भन्छौ तिमी
मैले सुन्ने संगीत थुनी नाच भन्छौ तिमी
मैले फेर्ने श्वास थुनी बाँच भन्छौ तिमी
मैले जिउने जीवन पनि नाश गर्छौ तिमी

भएछु असफल

  • by

बोध भयो आज मलाई भएछु असफल
जीवनको हर मोडमा म रहें अभागी
नियतिले गरायो मलाई किन पराजित
संघर्ष त गरेकै थिएँ चुनौतीसँग नभागी

नहुने रहेछ भलो, नगरेसम्म बेईमानी
यति त ज्ञात भो आज मलाई राम्ररी
सम्भालन खोज्छु आफुलाई ढलमलिन्छु
आदर्शको बाटोले पछार्यो आहा नराम्ररी

फेरि याद आयो

  • by

आज फेरि मलाई याद आयो ती दिनहरू
हाँस्दै, खेल्दै, दौडेका सुमधुर मिठा पलहरू
त्यो वर-पीपलको रुख मुनि बिताएका क्षणहरू
कहिले नाँच्दै कहिले गुनगुनाउदै घुमेका साझँहरू

कति रमाएका थियौं जब हामी सँगै हुन्थ्यौं
घरि भाडाँकुटी खेल्थ्यौं घरि झगडा गरी जुध्थ्यौं
कहिलेकाहीं त धेरै दिन नबोली हिंड्थ्यौं
अनि फेरि एक आपसमा माफी मागी मिल्थ्यौं

परदेशमा मेरा वेदना कसले सुनिदेला?

मलाई याद छ ती दिनहरू अझैं
जति बेला म उत्साह र उमंग लिएर यहाँ आएको थिएँ
मेरा महत्वकांक्षाले आकाश छुने
सपना पुरा गर्ने लक्ष्यले गगन चुमेको थिएँ

एउटा सुन्दर घरसंसार सजाउने सपना
मेरो मानसपटलमा रोटे पिङ झैं घुमेको थियो
रङ्गीचङ्गी इन्द्रेणी धनुष झैं लागेको
यी विदेशी ढोकाहरू सम्झन्थे मेरै लागि खुलेको थियो

शुरुवात यस्तो रह्यो

  • by

शुरुवात यस्तो रह्यो के भनौ भएँ म आनन्दित
प्रभातकालिन सुर्योदयको चुम्बनमा पुष्प झै प्रफुल्लित

अभ्यस्त बानी रहेछ भन्थ्यौ आहा क्या राम्रो
साथी होस त तिमी जस्तो कहिल्यै नहोस नराम्रो

तर गर्‍यौ गलत व्यवहार किन मेरा आखाँ छोपी
पत्तै नदिई घाइते पार्‍यौ मलाई पिठ्युँमा छुरा रोपी

BinuTamang

जीवन कहिल्यै फर्कन सक्दैन

  • by

मलाई थाहा छ डढेलो गएको वनमा फेरि जराबुटा पलाउन सक्छ
साउनको भेलले बगाएर बंजर भएको भूमिमा फेरि खेती हुन सक्छ
तर यो मेरो खरानी भएको मन कहिल्यै हरियो हुन सक्दैन
मातृत्वको मृगतृष्णा झै भट्किएको जीवन कहिल्यै फर्कन सक्दैन

मलाई लागेको थियो तिम्रो जन्मले मेरा सबै सपनाहरू पुरा हुनेछ
यो अभाव र रिक्तताले भरिएको जीवन सबै भरिपूर्ण हुनेछ
त्यही सपना बुन्ने क्रममा म एकहोरो ममता बर्साईरहन्थे
माया ममता सर्वस्व तिमीलाई सुम्पी स्वप्न संसारमा हराईरहन्थे