बिना तामाङ
प्रभाले आत्महत्या गरिन्
“आमा त्यो को हो?” छोरी प्रभाले शंकास्पद हेराईले आमा बिमलालाई प्रश्न तेर्स्याई । हतपतीमा रहेकी आमाको अनुहारमा कालो बादल मडारिन थालेको थियो । के गरौं कसो गरौं भयो ।
आफूलाई नियन्त्रणमा राख्दै बिमलाले भनिन्, “त चिन्दिनस्, किन चाहियो तँलाई?”
तर आज यस्ता उत्तरले मान्ने वाली थिईन प्रभा । त्यसैले भनिन्, “नचिनेको मानिस हाम्रो घरमा किन आएको त?”
बिमलाको अनुहार हेर्न लायकको भएको थियो । उनको मुखाकृति हेर्दा एक किसिमको डर, त्रास फैलिएको अनुभव सजिलै गर्न सकिने भएको थियो । बिमला चुप लागेर आफ्नो कोठाबाट निस्किएर सिधै बाथरुम तर्फ लागिन् । प्रभा पनि पछि पछि गैइन् तर ढोका बन्द भैसकेको थियो बाथरुमभित्रबाट त्यतिखेरसम्म ।
फेरि याद आयो
आज फेरि मलाई याद आयो ती दिनहरू
हाँस्दै, खेल्दै, दौडेका सुमधुर मिठा पलहरू
त्यो वर-पीपलको रुख मुनि बिताएका क्षणहरू
कहिले नाँच्दै कहिले गुनगुनाउदै घुमेका साझँहरू
कति रमाएका थियौं जब हामी सँगै हुन्थ्यौं
घरि भाडाँकुटी खेल्थ्यौं घरि झगडा गरी जुध्थ्यौं
कहिलेकाहीं त धेरै दिन नबोली हिंड्थ्यौं
अनि फेरि एक आपसमा माफी मागी मिल्थ्यौं
जीवन कहिल्यै फर्कन सक्दैन
मलाई थाहा छ डढेलो गएको वनमा फेरि जराबुटा पलाउन सक्छ
साउनको भेलले बगाएर बंजर भएको भूमिमा फेरि खेती हुन सक्छ
तर यो मेरो खरानी भएको मन कहिल्यै हरियो हुन सक्दैन
मातृत्वको मृगतृष्णा झै भट्किएको जीवन कहिल्यै फर्कन सक्दैन
मलाई लागेको थियो तिम्रो जन्मले मेरा सबै सपनाहरू पुरा हुनेछ
यो अभाव र रिक्तताले भरिएको जीवन सबै भरिपूर्ण हुनेछ
त्यही सपना बुन्ने क्रममा म एकहोरो ममता बर्साईरहन्थे
माया ममता सर्वस्व तिमीलाई सुम्पी स्वप्न संसारमा हराईरहन्थे
- « Previous
- 1
- …
- 10
- 11
- 12

