Skip to content

शुरुवात यस्तो रह्यो

  • by


शुरुवात यस्तो रह्यो के भनौ भएँ म आनन्दित
प्रभातकालिन सुर्योदयको चुम्बनमा पुष्प झै प्रफुल्लित

अभ्यस्त बानी रहेछ भन्थ्यौ आहा क्या राम्रो
साथी होस त तिमी जस्तो कहिल्यै नहोस नराम्रो

तर गर्‍यौ गलत व्यवहार किन मेरा आखाँ छोपी
पत्तै नदिई घाइते पार्‍यौ मलाई पिठ्युँमा छुरा रोपी

स्मरण छ क्रमबद्द रुपमा रहेका ती सखारहरू
कसरी वार गर्‍यौ मर्मस्पर्शी प्रहारहरू

तर पनि मीठा मानी पिएँ ती बिषहरू
यस्तो लाग्यो कसैले दिए मलाई अमृतहरू

जति दिन सक्छौ देऊ मलाई सहन्छु चोटहरू
यति त आटँ छ ममा मरेका छैनन सासहरू

तिमी दिदैँ जाऊ घाउहरू म लगाँदै जान्छु मलहमहरू
अनुभूति म गर्नेछु यही नै रहेछ तिम्रा न्याना साथहरू

बिना तामाङ्
काठमान्डौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *