फेरि याद आयो

  • by


आज फेरि मलाई याद आयो ती दिनहरू
हाँस्दै, खेल्दै, दौडेका सुमधुर मिठा पलहरू
त्यो वर-पीपलको रुख मुनि बिताएका क्षणहरू
कहिले नाँच्दै कहिले गुनगुनाउदै घुमेका साझँहरू

कति रमाएका थियौं जब हामी सँगै हुन्थ्यौं
घरि भाडाँकुटी खेल्थ्यौं घरि झगडा गरी जुध्थ्यौं
कहिलेकाहीं त धेरै दिन नबोली हिंड्थ्यौं
अनि फेरि एक आपसमा माफी मागी मिल्थ्यौं

कहिले पुग्थ्यौं त्यो माथिको डाँडामा
कहिले लुक्थ्यौं घरपछाडिको काँडामा
लुकामारी खेल्थ्यौं साथीभाइ माझमा
झन रमाइलो हुन्थ्यो अँधेरी रातमा

त्यो कुखरेनी खोलाको तिरै-तिर
जब कुद्थ्यौं अग्ला ती भीरैभीर
कति पटक लडियो तै पनि मान्थ्यौं बीर
तर पनि कहिल्यै लागेन कुनै पीर

साच्चै नै ती दिनहरू रह्यो अविश्मरणीय
झन् आजकल त लाग्छ मलाई प्रिय
बाल्यकाल नै रहेछ हाम्रो जीत
जीवनभर सँग-सँगै साथ दिने मीत

आज फेरि एकपटक मलाई मर्न मन लाग्यो
फेरि अर्को जुनी फेर्न मन लाग्यो
सायद मरेपछि पाउनेछु त्यस्तै बाल्यकाल
मलाई किन किन मन पर्छ मेरो भूतकाल

बिना तामाङ्
काठमान्डौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *