Skip to content

भएछु असफल

  • by


बोध भयो आज मलाई भएछु असफल
जीवनको हर मोडमा म रहें अभागी
नियतिले गरायो मलाई किन पराजित
संघर्ष त गरेकै थिएँ चुनौतीसँग नभागी

नहुने रहेछ भलो, नगरेसम्म बेईमानी
यति त ज्ञात भो आज मलाई राम्ररी
सम्भालन खोज्छु आफुलाई ढलमलिन्छु
आदर्शको बाटोले पछार्यो आहा नराम्ररी

त्याग्नै पर्ने भो अब नैतिकताको कुरा
आज नैतिकहिन नै भएको छ सम्मानित
के अर्थ रहने भो र अब ईमान्दारिताको
सत्यनिष्ठ नै हुने गरेको छ अपमानित

सहज परिवेश छ यहाँ मर्नलाई
असहज वातावरण त बाँच्नलाई
विकल्प नै छैन हुन्छु रुपान्तरित
बरु मकुन्डोले ढाक्छु जीवनलाई

बिना तामाङ्
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *