Skip to content

रत्न प्रजापति

अतिरिक्त समय

  • by

प्रिन्सिपल चन्द्रप्रकाश जोशी निकै तनावमा थिए । तनावको मुख्य कारण थियो कलेजमा अतिरिक्त समय पढ्ने वातावरण मिलाउँदा पनि रिजल्ट नराम्रो आउनु ।

घरेलु कामदार

  • by

रिन्छिन् हवाईजहाजबाट ओर्लेर खाली खुट्टै सरासर आगमन कक्षसम्म आइपुगिन् । उनले दायाँबायाँ कतैतिर पनि हेरिनन् । आगमन कक्षमा आएर उनी एउटा कुर्सीमा थचक्क बसिन् र एकोहोरो टोलाउन थालिन् ।

रुखको विलौना

  • by

‘रुखले वातावरणलाई सन्तुलित बनाइराख्नमा मद्दत गर्छ । बाढीपहिरो रोक्छ र मानिसलाई नभइनहुने अक्सिजन प्रदान गर्छ । त्यसैले रुख मानिसका लागि धेरै गुणी वनस्पति हो । रुखलाई काट्यो भने उसलाई पनि मानिसलाई जस्तै दुख्छ ।’

अकस्मात्

  • by

‘साँच्चै कहाँ गएको होला त त्यो मान्छे ?’ उसले मनमनै यस्तो सोच्दै आफ्नी पाँच वषर्ीया छोरीतिर हेरी । उसकी छोरी टुलुटुलु उसैलाई हेर्दै थिई । छोरीको अबोध बालापन देखेर उसलाई असाध्यै माया लाग्यो । उसले छोरीलाई काखमा राखेर एकपटक जोडले म्वाई खाई । उसलाई आफ्नो हृदय मातृत्वले भरिएर आएको अनुभव भयो र ऊ झनै छोरीको मायाले द्रविभूत भई । उसकी छोरीले आमाको अकस्मात्को यस्तो क्रियाकलाप देखेर अचम्म मानेर हेरिरही ।

फागुको रङले तरङ्गिएको मन

  • by

देशमा द्वन्द्व चर्किएपछि गाउँमा टिक्न नसकेर उनीहरू सहर पसे । सहर पसेर मात्रै उनीहरूको हैरानी सकिएन । बाँच्नै पर्यो र बाँच्नका लागि खानै पर्यो । अनि खानका लागि कमाइ हुनै पर्यो तर उनीहरूको भरपर्दो कमाइको स्रोत केही पनि थिएन सहरमा । लोग्नेस्वास्नी एउटा कोठा भाडामा लिएर बसेका थिए । त्यही कोठाको भाडा पनि समयमा तिर्न नसकिने स्थिति उत्पन्न हुँदै गइरहेको थियो उनीहरूको ।

मखुन्डो पहिरेको मान्छे

  • by

चाकडी, चुक्ली र चाप्लुसी यो सहरको वातावरणको अनौठो विशेषता हो । यी विशेषतालाई बुझेको र यसलाई व्यवहारमा उतारेको हुँदा उसले निकै उन्नति र प्रगति गरेको छ । वातावरणअनुसार चाकडी, चुक्ली र चाप्लुसी गर्न जानेको हुादा उसले सुख र चैनले बाँच्नकालागि नभइ नहुने तीनवटै चीन प्रशस्तै पाएको छ, जस्तै पद, पावर र पैसा । त्यसपछि यी तीनवटा चीजले पाउन सकिने कुराको त गन्ती नै छैन । थरीथरी गाडी र बङ्गला अनि थरीथरी सुरा र सुनदरी त उसका लागि सामान्य भइसकेका छन् ।

जन्मदिनको उपहार

  • by

स्नेहा पाँच कक्षामा पढ्दैछिन् । उनको स्कुल घरदेखि अलि पर छ । उनी स्कुल जाने बेलामा र स्कुलबाट र्फकने बेलामा एकजना बूढो मान्छे सधैँ बाटोमा बसेर माग्न बसेको देख्छिन् । उसको जिउमा बाक्लो र न्यानो लुगा पनि हुँदैन । जाडोमा लगलग काम्दै माग्न बसेको त्यो बेसहारा बूढो मान्छेलाई देखेर स्नेहालाई निकै नरमाइलो लाग्छ र दुःख पनि लाग्छ । उनी त्यो बूढो मान्छेलाई एक छिनसम्म हेरिरहन्छिन् र हेर्दैहेर्दै जान्छिन् ।

माझीदाइ डुङ्गा खियाइदेऊ

  • by

माझीदाइ डुङ्गा खियाइदेऊ
लौन मलाई स्कुल पुर्‍याइदेऊ ।
फेवापारि स्कुल छ फेवापारि गाउँ
साना साना हात-पाइला म कसरी जाऊँ ।

स्वच्छन्द साझ

  • by

नया“ वर्षसन् २००५ को पर्ूवसन्ध्या अर्थात् सन् २००४ को अन्तिम सा“झ ठमेलको सब टेरेनियामा आयोजित भव्य डान्सपार्टर्ीी सहभागी हुन डान्सफ्लोरमा ओर्लनासाथ मनीषको का“धमा हात राख्दै एनीले भनी, “लास्ट पार्टर्ीी जस्तो अतिचाहि“ गर्ने होइन ल †”

‘किन, के गरे“ र मैले लास्ट पार्टर्ीी तिमीलाई -” मनीषले पनि एनीको बारुले कम्मरमा च्याप्प समात्दै भन्यो ।

चङ्गा

हिँड्दाहिँड्दै थाकेर ऊ थचक्क एउटा बाटुलो ढुङ्गामा बसी र लामो सुस्केरा हाली । घामले हो या हिँडाइको तापले हो, उसलाई निकै गर्मी महसुस भयो । निधारभरि चिटचिट पसिना आइरहेको थियो । उसले सलको एक छेउले त्यो पसिना पुछी । त्यसैबेला खेतका पहेँला धानका बालाहरूलाई चुम्दै आएको शारदीय चिसो बतासले उसको गालामा पनि स्पर्श गर्‍यो । उसलाई निकै शीतल अनुभव भयो ।

सडकबासी

  • by

“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”

पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।