विमल भौकाजी
रमेश विकलः ‘शारदा’ देखि ‘शारदा’ सम्म
साहित्यिक बजारमा एउटा मान्यता राख्ने गरिएको छ, कलम बोक्नेहरू सबै लेखक हुँदैनन् र हाम्रै देशको सन्दर्भमा हेर्ने हो भने यो मान्यताले एउटा महफ्वपूर्ण अर्थ बोकेको देखिन्छ । साहित्यिक इतिहास पल्टाउँदा त्यो इतिहासले यसको पुष्टि गर्छ । जस्तो कि, नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ (स्थापना दर्ता नं. ००१) का पृष्ठहरूमा अंकित थुप्रै नामहरू, जो नेपाली साहित्यको धरोहरका रूपमा रहेका छन्, आफ्ना उत्कृष्ठ लेखनीका कारणले नै ती स्रष्टाहरू स्थापित भएका हुन् ।
चन्द्रे हुँ म चन्द्रे
सधैँको झै आजको रात पनि- निस्पट्ट अन्धकारबीच मेरा आँखाहरू खुल्दा नेपथ्यमा कोही चिच्याइरहेको आवाज मेरा कानमा पर्नेछ । यो वाक्यलाई स्पष्टसाग अथ्र्याउनु पर्दा, अन्धकारको त्यो आवाजले मेरो निद्रा भङ्ग गर्नेछ ।
‘चन्द्रे हुा म चन्द्रे !……’ आवाज प्रस्ट बुझिनेछ
चचच
चन्द्रे !
मान्छेहरूका दृष्टिमा चन्द्रे एउटा बहुला थियो तर आफूले पाएको यो पहिचानलाई चन्दे्रले कहिले पनि विरोध नजनाएको देख्दा सामान्यतः सबैलाई आश्चर्य लाग्नु स्वाभाविक थियो । हुन पनि चन्द्रे चिच्याई चिच्याइकन भन्ने गथ्र्यो- “हो-हो म बहुला हुँ । किनकि….. म चन्द्रे हुँ ।”
