एक दर्ुइ तीन चार
कति वटा रङ हुन्छ हँ इन्द्रेणीको –

राति सुरक्षित
आफैँसँग निदाएको
झण्डाजस्तो इन्द्रेणीको रातो रङ
त्यो चोरियो झसिमिसेसँगै,
घामजत्तिकै सोच्थेँ
इन्द्रेणीको पहेँलो रङलाई
त्यो पनि दिनदहाडै लुटियो
र, खोसियो सम्साँझै
आकाशजत्रै मेरो इन्द्रेणीको नीलो रङ पनि ।

अरू पनि खोई कुन कुन रङ
मबाट अलग्गिदै गए निरन्तर…

अहिले
मसँग जे छ रङविहीन इन्द्रेणी,
हेरेर त्यसलाई
मेरो मनले सोधिरहेछ-
रङ नभएको पनि इन्द्रेणी हुन्छ कहीँ –

एक दर्ुइ तीन चार
कति वटा रङ हुन्छ हँ इन्द्रेणीको –
फिर्ता देऊ,
फिर्ता देऊ मलाई मेरो पर्ूण्ा इन्द्रेणी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *