दिनेश राज ज्ञवाली
पागल
को हो? मैले चिनेको मान्छे त होइन जस्तो छ । कि कतै परिचय भएर मैले बिर्सेको पो हो कि ? होइन होइन नयाँ अनुहार नै हो । म उसलाई नियाल्छु तलदेखि माथिसम्म सार्है भद्दा देखिएको थियो उसको लुगा , प्रचन्ड गर्मीमा पनि बाक्लो कालो ज्याकेट। त्यो पनि महिनौ नधोएको जस्तो तरकारी पोखाएको जस्तो पहेँला पहेँला दागहरु। कपाल जिङरिङ्ग लट्टा परेका, मुखमा पनि कालो लत्पतिएको । तर यी सबैभन्दा आँखा लाग्ने कुरा उसको लुगा-जुत्ताहरुको मुल्य, पक्कै पनि महँगो हुनुपर्छ ।
म सधैं जस्तै ९ बजे अफिस पुग्ने हतारमा बस कुरिरहेको थिएँ । अकस्मात पछाडिबाट कसैले मेरो काँधमा हात राख्यो ।
मलाई कता कता अप्ठ्यारो लागिरहेको थियो @म सम्झन धेरै जोड गर्छु तर सक्दिन। मैले यहाँलाई चिन्न सकिन कसरी भन्नु? कतै चिनापर्ची भएर मैले बिर्सिएको हो कि? होइन आज-भोलि १० थरीका मान्छेहरु बाटोमा भेटिन्छन बिभिन्न थरीका समुह र बिभिन्न उद्देष्य बोकेका मान्छेहरु । शायद कोही होला ।
उसले एकटक लगाएर मेरो अनुहार हेर्यो। उसको अनुहारमा केही केही थिएन, शान्त थियो। एकदम शान्त न ग्लानि, न रिस न माया ।
उसले मेरो सर्टको खल्तीमा हात हाल्यो, मैले अनुमान गरें यो पक्कै पनि पाकेटमार हुनुपर्छ, तर पाकेटमारले यसरी सबैले देख्ने गरी खल्तीमा हात हाल्न सक्छ त? म केही बोल्न सकिन। उसले मेरो खल्तीबाट चुरोट निकाल्यो। एक खिल्ली चुरोट निकालेर बट्टा खल्तीमैं राखिदियो । म उसलाई हेरिरहेको छु, हेरिरहेको छु ।

विधवाले रहर सजाएझैं आउँछ ।