Skip to content

गजल (अरुको पानी आफ्नोलाई खुन)


अरुको पानी आफ्नोलाई खुन भन्नु भो ।
निर्धा पिसिए बिस्कुन को घुन भन्नु भो ।

आँगन चेपिएर पिंढी मात्र बाँकिरहदा ।
अँगालो हाल्नु भो आफ्नै हुन भन्नु भो ।

हिड्ने पाइलालाई आकाशे सपना बाँडी ।
सलाई कोर्नु भो यही हो जून भन्नु भो ।

नीति नियम जलाएर आगोमा सक्नुभो ।
मैले जे बोलें अब त्यही कानून भन्नु भो ।

बिचार नमिले सत्तोसराप हजार घुर्की
आफ्नैले भए जे सुकै गरुन भन्नु भो ।

www.rajdinesh.blogspot.com,
अनेसास जापान साहित्य शृंखला

Leave a Reply

Your email address will not be published. Required fields are marked *