विधवाले रहर सजाएझैं आउँछ ।
याद आउँछ,याद आएझैं आउँछ ।
हातमा बोकेर दियो, बाती, तेल ।
यो साँझ सूर्यसँग लजाएझैं आउँछ ।
सल्लाको वनमा आउने हुरी पनि ।
गाइने दाइले गीत गाएझैं आउँछ ।
कहाँ छोड्छ र हिजोले तिमीलाई।
बालकले खेलौना पाएझैं आउँछ ।
हाँसी – हाँसी आउँछ कैले दुख पनि ।
खुशी पनि कैले सताएझैं आउँछ ।

अहो दिनेशजी, सधैं झैं शब्द र
अहो दिनेशजी, सधैं झैं शब्द र भावको मिठो समिश्रणसहित आयो ।