Skip to content

झन झन छाती चर्किदिन्छ बढिदिन्छ घाउहरु ।
मलाई रुवाउन छोपेकी छेउ रे अनेक दाउहरु ।

नखन खाल्डो भो किन यती दुख गर्छौ ।
उसैपनी मलाई डुबाउने धेरै छन तलाउहरु ।

म बाट हामी बन्न त यति गार्हो हुँदो रहेछ ।
अचम्मै लाग्यो कसरी बन्छन सिङ्गै गाउँहरु ।

कहिले यता दुख्छ कहिले उता दुख्छ ।
एउटै मनमा पनि कती धेरै दुख्ने ठाउहरु ।

उसै पनि लागी हाल्छन नि किन निम्ता गर्छौ ।
ज्योतिषी भन्छ दिनेशको बाटोमा धेरै छन राहुहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *