घर छोडी, कम्ता हण्डर खाइएन आमा
छैन काम, खाने सामल पाइएन आमा
साहुहरू घरमा, ताकेता गर्दा हुन्
कसरी तिर्नु, थोरै ऋण लाइएन आमा
चुहियो खरको छानो, बुईगलभरि पानी
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा
मादलुको तालसँगै, कम्मर मर्काउँदै
रोधि प्यारो, अरु गीत गाइएन आमा
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी
मर्छु काखमा, अरु धन चाहिएन आमा
www.rajdinesh.blogspot.com
चुहियो खरको छानो, बुईगल भरी
चुहियो खरको छानो, बुईगल भरी पानी ।
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।
कसले भन्छ ग़ज़ल आयातित विधा हो ?
ग़ज़ल हामीले अब हाम्रो आफ्नै बनाई सक्यौं
जहाँ हाम्रै माटो हाम्रै पाखो र हाम्रै झुपडीको सुवास मग्मगाउन थालेको छ ।
चुहियो खरको छानो, बुईगल भरी
चुहियो खरको छानो, बुईगल भरी पानी ।
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा
यो शेरमा चाँही अलिकति मिटर नमिलेको होकी?भाव बेजोड छ ।
दिनेश जी
अन्तिम शेर
दिनेश जी
अन्तिम शेर बेजोड छ ।
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।
मर्छु काखमा,अरु धन चाहिएन आमा ।
बुइगल शब्द नौलो लाग्यो । चितवन तिर यो शब्द त्यती प्रयोग हुन्न ।
चुहियो खरको छानो, बुईगल भरी पानी ।
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।
गजल ले बिशुद्द नेपाली पन बोकेको छ ।
प्रकाश
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।
मर्छु काखमा,अरु धन चाहिएन आमा ।
हो? यस्तो हुनुपर्ने हैन र?
दशैं आयो होला, बिजनेस खोलें यता
माफ गर्नुस्, यसपालि नि आइएन आमा
को भन्दा को कम् ?
मझेरीको
को भन्दा को कम् ?
मझेरीको पहिलो जन्म दिन त गजल दोहोरी जमाउने होकी क्याहो?
आलोक जी को कुरामा मेरो पनि
आलोक जी को कुरामा मेरो पनि सहमति छ कि गरौ न त एउटा गजल दोहोरी ।सबै साथीहरुलाई धन्यवाद ।
कुमार जी ,त्यो त बाध्यता हो
कुमार जी ,त्यो त बाध्यता हो नि होइन र ?