एकैछिन् चिन्जान गर्न तिम्रै दिलमा धाउनुपर्यो
जिन्दगीमा बहार ल्याउन माया प्रीति लाउनुपर्यो
के छ तिम्रो हालखबर बोली बिस्तार गर्नलाई
किन सन्कोच मान्छौ अलिक नजिक आउनु पर्यो
कति दिन तड्पी बस्ने खाली तिम्रो सम्झनामा
यो मनलाई शान्त पार्न तिम्रो साथ पाउनु पर्यो
गाह्रो भाछ दिन रात बित्न सन्तोससँग गिउनलाई
यो मन को ढुक्ढुकीमा चोखो प्रीति छाउनु पर्यो
माया बिना डुब्यो जीवन यो चालाले हुन्न अब
सँगै जिउने कसम खायी नयाँ जीवन ल्याउनु पर्यो
