Skip to content

यो जोबन त जान लाग्यो

केही गरु भन्दा भन्दै यो जोबन त जान लाग्यो
केही होलाकी भन्दा भन्दै यो त त्यसै जान लाग्यो

सोचनु पनि ब्यर्थ भयो सुखी जीवन बाच्छु भनि
यही मनको बाघले मन लाई भित्र भित्रै खान लाग्यो

के के गर्छु भनि मैले सधैं भरि लागि पर्दा
तिमी लाई मेरो कोसिस टाईम पास् झै भान लाग्यो

शायद उसले हेर्छ भनि मन्दिर मा नी पुकारे थे
उसलाई पनि मेरो बिन्ती फटाहा को गान लाग्यो

के रहेछ र भोली भन्ने को बाच्ने र को मर्ने हो
आलिसन जिउनु भन्दा यही जीवन सान लाग्यो

योग राज
दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *