Skip to content

मेरी उनी

चोट लाग्छ दिल्भित्र तिमीसँग भेट नहुदा
पिर लाग्छ मन भरी समयनै’सेट’नहुदा

रात भरि काम गर्छु तिमलाई मनमा सजायेर
माया पोख्दै आसुँ खस्छन बन्द गर्ने’गेट’नहुदा

आधा रातमा घर पुग्छु आफ्नु काम शिध्याएर
‘अन्लाईन’मा नी दिक्क लाग्छ मेरी आफ्नी भेट नहुदा

आउलिन भनि’मिस्कल’गर्छु’अन्लाईन’मा मेरी उनी
सम्झी सम्झी निदाउछु कहीलेकाही’नेट’नहुदा

‘अफ् लाइन मेसेज’लेख्छु पढ्छिन होला उनले भनि
सोच्छु यदि के हुदोहो अगर ‘ईन्टरनेट’नहुदा

उनी गर्छिन’डे को ड्यूटी’मेरो पालो राती को छ
आतुर बन्छु उडी जाऔ झै’अन्लाईन’मा भेट नहुदा

योग राज
yograj_8967@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *