फर्की आउँदा तिमीलाई ‘चेन’ ल्याइदिउला
‘लभलेटर’ लेख्ने एउटा ‘पेन’ ल्याइदिउला
एक्लै तिमी बस्नु पर्दा तिर्खा लाग्न सक्छ
चिसो चिसो कोका कोला ‘केन’ ल्याइदिउला
गर्मी होला तिमीलाई यौवन तातिएर
हावा दिने एउटा राम्रो ‘फेन’ ल्याइदिउला
श्रिंगारले सजिएर बाहिर कतै घुम्न जान
रातो रङको मारुति एउटा ‘भेन’ ल्याइदिउला
जवानीमा तिमीलाई एक्लै घुम्न मन नलाग्ला
हात समाई घुम्ने एउटा ‘मेन’ ल्याइदिउला
योग राज
दुबइ

गजल तिर्थ (यात्री )पौडेल
मुटु
गजल तिर्थ (यात्री )पौडेल
मुटु भित्र राख्छु भन्यौ फकाउदा पहिले
चेन दिन्छु भन्दै गाल पार्छौ किन अहिले
दिलको मन मन्दिरमा पुजा गरि पियारले
भौतिक सुख सुबिधाको कुरा किन जहिले
कैले मैले मागे भन् चेन ,केन ,भेन शितल दिने फेन
तिमि साथ हुदा सम्म यी सब पाए मैले
यौवनको हावा हेर तिमीलाई जस्तो मलाइ उस्तै
बिझाउने काडा सरि किन बचन बाण जहिले
तिम्रो घरबार सम्मालेर बसेकी छु साथ तिम्रो आस गरि
तिम्रो काखमा मर्न पाउ पार्थना छ मेरो जहिले
लखनपुर ३ झापा ,नेपाल