Skip to content

जीवन त्यसै गयो हजुर


बिदेसमा बस्दा बस्दै जीवन त्यसै गयो हजुर

अर्कैको नोकर बन्दा जीवन बर्बाद भयो हजुर

घर बारी धितो राखी लाखौं रु, काडेथें

त्यो ऋण को सवा ब्याजले उठिबास भयो हजुर

टन्न पैसा कमाएर महलमा बस्ने सपना

बिपनीमा नबदलिए सपनीमा रह्यो हजुर

लाखौं रु, खर्च गरी बल्ल तल्ल दुबइ आए

आखिरीमा हात लागि सुन्य मात्रै रह्यो हजुर

इर्स्या गर्थे सबले यहाँ लाहुरे बनी आउँदा खेरी

आज आफूले भोग्नु पर्दा बल्ल थाहा भयो हजुर

योग राज
दुबइ
yograj_8967@yahoo,com

5 thoughts on “जीवन त्यसै गयो हजुर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *