फर्की आउछु भन्दै मलाई ढाट्यौ निस्ठुरी
एक्लै छोडी नौ डाडा काट्यौ निस्ठुरी
धेरै माया गर्थौ मलाई छोडी जान रैछ
तिमी मेरी माया भन्दै चाट्यौ निस्ठुरी
जुनी जुनी नछुटिने झुठो कसम खाँदै
मायाको डोरी म सँग को काट्यौ निश्ठुरी
धड्कन बढ्यो मुटु दुख्यो आँखा रसायो
मेरो माया अरु संगै साट्यौ निस्ठुरी
झिनो आसा बचेँको त्यो तिम्रो आगमन् को
मिर्मिरे को बादल संगै फाट्यौ निस्ठुरी
योग राज
दुबइ