Skip to content

सञ्जय जुग्जाली

मेरा रहरहरू

म मेरा आफ्नै रहरहरू
कुम्लो पारेर सहर पसेको हुँ ।
त्यसबेला
मलाई के लागेको थियो भने
म यसरी नै गाउँ बसिरहेँ भने
मेरा रहरहरू हुर्कनै नपाई
आत्महत्या गर्नेछन् ।

छिमेकी

सँगै जोडिएको घर छ
यता बोलेको उता सुनिन्छ
उता बोलेको यता सुनिन्छ
सँगै जोडिएको आँगन छ
सँगै सुकाएको बिस्कुन
कुखुराले खोस्रिएर
दुई चार मुठी यता उता हुन्छ
यसरी नै चलेको छ
छिमेकीसँगको बसाई।

धामी र बोक्सी (लघुकथा)

धामी रएकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिइन । उनको शरीर भरि घाउ थियो । उनी पीडाले छटपटीइरहेकी थिइन् । उनको अवस्था मरणासन्न थियो । कोही मान्छे छेउमा आएको देखेर ती महिला सकी नसकी बोलिन्- “तपाई को हुनुहुन्छ ? मलाई बचाउनुस् ।”

प्रेम र विश्वासको फूल फुलाऊ

  • by

प्रेम र विश्वासको फूल फुलाऊ मान्छे
श्रद्धाले अलिकति शिर झुकाऊ मान्छे

एकले अर्कोलाई मार्न, पछार्न उद्धत छ
बरु हिम्मत तिम्रो छ भने बचाऊ मान्छे

उनको खुशीमा आज अलिकति पिएँ

  • by

उनको खुशीमा आज अलिकति पिएँ, माफ गर
यो दिल पनि कसैलाई दिएँ, माफ गर

बेसरी पिएको छु आज होश हराएको छु
शायद तिमीलाई आज कष्ट धेरै दिएँ, माफ गर