Skip to content

उनको खुशीमा आज अलिकति पिएँ

  • by


उनको खुशीमा आज अलिकति पिएँ, माफ गर
यो दिल पनि कसैलाई दिएँ, माफ गर

बेसरी पिएको छु आज होश हराएको छु
शायद तिमीलाई आज कष्ट धेरै दिएँ, माफ गर

सम्हाल या बेवास्ता गर त्यो तिम्रो खुशी
भरोसा मैले आज केबल तिम्रै लिएँ माफ गर

पुछेर आँशुहरू आज मुस्काउन सकिन
तिम्रो अधरको मुस्कान अलिकति लिएँ माफ गर

– सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *