Skip to content

कलममा पनि अब


कलममा पनि अब धार जरुरी छ
कलमसामु बन्दुकको हार जरुरी छ

बलियाकै हालीमुहाली यहाँ सधैं
उनीहरुको दुई? हाम्रो चार जरुरी छ

सधैंको किचलो कति सहनु यार
यसपाली त वार कि पार जरुरी छ

धेरै आए धेरै गए कोही हिसाबै भएन
देशको मुहार फेर्ने सरकार जरुरी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *