Skip to content

थपघट गरेको के थिएँ

  • by


थपघट गरेको के थिएँ कहानीमा
निकै हलचल भो जिन्दगानीमा

रातको एकान्तमा तिम्रो यादसँगै
बहाएँ कति आँशुहरू सिरानीमा

पागल झैँ हाँस्छु अनि टोलाउँछु
सम्झेर गरेको त्यो भुल जवानीमा

मान्छे हुँ गल्ती हुन्छ अरु के भनु
बरु माफी होस् हजुर रिसानीमा

एकैनास कहाँ हुन्छ र परिस्थिति
घाटा-नाफा यस्तै हुन्छ लगानीमा

आफ्नै भर नभाकोबेला अरुको के भर
नदुखेको टाउको दुख्छ जमानीमा

सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *