Skip to content

प्रेम र विश्वासको फूल फुलाऊ

  • by


प्रेम र विश्वासको फूल फुलाऊ मान्छे
श्रद्धाले अलिकति शिर झुकाऊ मान्छे

एकले अर्कोलाई मार्न, पछार्न उद्धत छ
बरु हिम्मत तिम्रो छ भने बचाऊ मान्छे

खानु नपाएर मर्छन् त कोई धेरै खाएर
भागको एक गाँस काटेर खुवाऊ मान्छे

कृतघ्न, धोकेबाज, बैमानी, बैगुनी
गुणको बद्ला गुण दिई चुकाऊ मान्छे

कसैको छैन यहाँ अजर अमर जिन्दगी
खाली आयौ त खाली हात जाऊ मान्छे

बुझाउँदा न बुझ्छौ, न सुनाउँदा सुन्छौ
आखिर के चाहन्छौ तिमी बताऊ मान्छे

सञ्जय जुग्जाली
बिम-२, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *