Skip to content

यो मन दुख्ने कुरा गर्छौ

  • by


यो मन दुख्ने कुरा गर्छौ तिमी
यताभन्दा उता सर्छौ तिमी

जहिले नि आज भन्दै भोलि
वाचा पुरा कैले गर्छौ तिमी

तिमी खोला पारी म वारि
मनको पुल कैले तर्छौ तिमी

नसताउ धेरै निष्ठुरी बनी
आँशु बनि फेरि झर्छौ तिमी

थापेर पासो बस्छौ ढुकेर
कुन दिन आँफै पर्छौ तिमी

सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *