विमल निभा
अर्का अमेरिका
म उसलाई बिहान-बिहानै एकतले पिरामिड आकारको सानो कटेज अगाडिको एक टुक्रो चउरमा देख्थेँ । धेरैजसो खैरो टोप लगाएको मोटो-मोटो बूढो सानो खाले हातेमेसिन गुडाएर तन्मयतासाथ घाँस काटिरहन्थ्यो । त्यसपछि पाइनटि्रनेट (त्यहाँ एकमात्र यही रूख देखिन्थ्यो) उभिएर बेस्सरी चुरोट तान्थ्यो । सायद यो उसको थकानपश्चात सुस्ताउने आफ्नै शैली हुनुपर्छ ।
एकान्त साधना
मेरो नियमित अध्ययन र लेखनकार्य चल्ने घरमा एकान्त छैन । सतत पारिवारिक झन्झट चलिरहन्छ । नित्य नयाँ-नयाँ नारासहितको जुलुस निस्किरहने भएकोले घर बाहिर पनि एकान्त छैन । वरिपरिको वातावरणमा कतै एकान्छ छैन । दसौं दिशा नै एकान्तहीनताको सिकार भएको छ । त्यसैले घर-परिवार र सहरदेखि धेरै टाढा एक स्थानमा पुगेँ । यहाँ एकान्त थियो । -कुनै जीवित मानिसको नामोनिसान नै थिएन ।) म आफूले लेख्ने गरेको सादा अभ्यास-पुस्तिका अगाडि राखेर लेख्न बसेँ ।
गल्ती र माफी
सरकारी कमरेडहरू गल्ती गर्छन्, त्यसपछि माफी माग्छन् । यही गल्ती र माफीको निरन्तरता नै वर्तमान सरकारको सही परिचय हो । बस्, गल्ती र माफी । फगत गल्ती र माफी । गल्ती र माफी । अरू केही होइन । दुई-चार गल्तीमा त स्वयम् प्रधानमन्त्री कमरेडले प्रचण्ड वेगले अघि बढेर माफी मागेका छन् । एउटा दृश्य त अतिशय भावुकतापूर्ण थियो । टेलिभिजनको रंगीन पर्दामा माफी मागिरहेका प्रधानमन्त्रीको छवि आफ्नो ३.५ को चस्माले नियालेर म त द्रवित नै भएको थिएँ ।
शशि शाहको घोडा
सडकमा तीव्र वेगले अघि बढिरहेको जीवलाई मैले चिने“ । यो नेपालको प्रसिद्ध कलाकार शशि शाहको पेन्टिङ्को घोडा थियो । छिमेकी देश हिन्दुस्तानका बूढा चित्रकार मकबुल फीदा हुसैनको घोडाजस्तो लागेको थियो । तर, होइन, शशि शाहकै घोडा थियो । चित्रबाट निस्केर एक्कासि दगर्ुन थालेको देखेर मलाई विश्वास गर्न गाह्रो भयो । तर, आ“खाअघिल्तिरको यथार्थलाई कसरी अस्वीकार गर्न सकिन्छ – म शशि शाहको पेन्टिङ्को प्रशंसक हु“ । यसो ता मलाई यसको त्यति जानकारी छैन । जे होस्, फुटपाथबाटै कराएर मैले अभिवादन गरे“, “जयनेपाल घोडाज्यू ।”
