उत्तरतिर चाँदी झैँ सेता हिमालहरू,
लहरै हाँसेर बसेको सुन्दर शृंखला ।
विश्वको सबभन्दा अग्लो चुचुरो,
सगरमाथाको देश, हाम्रो नेपाल ।
अहिंसा प्रेमी शान्तिका दूत,
गौतम बुद्धको जन्मभूमि ।
संसारभर गर्वका साथ भन्ने गरौं,
बुद्ध जन्मेको पवित्र लुम्बिनी, हाम्रो नेपाल ।
अंग्रेजले जित्न नसकेको यो हाम्रो मातृभूमि,
वीर गोर्खालीहरूको गौरव गाथा ।
राजा पृथ्वीनारायण शाहले एकिकृत गरेको,
अखण्ड अविजय यो अधिराज्य ।
चार जात छत्तिस वर्णको यो साझा फूलबारी,
धार्मिक सहिष्णुताले भरिपूर्ण देश, हाम्रो नेपाल ।
तामाङ् सेलो, देउडा नाँच,सोरठी मारुनीको तालैमा,
रोदीघरमा दोहोरी गाउँदै, धान नाँच र च्याब्रुँगको भाकैमा ।
स्वोई ढोले स्वोई अर्को ढोले खोइ, चण्डी नाँच
अनि धिमे र कथ्थकमा पाउजु बजाउदै,
अनेकौ भाषा र संस्कृतिले सम्पन्न देश हाम्रो नेपाल ।
शिरमा टोपी, दौरा र सुरुवाल, गुन्यु चोली पटुकी,
यो नै हाम्रो भेष भूषा, हिमाल पहाड तराई मधेश,
सबै नेपाली हौ हामी, एक सुत्रमा बाधिएको देश ।
दक्षिणमा चारकोसे झाडी, उत्तरमा हिमाली खर्कहरू,
हरियाली वन जंगल, जडीबुटीको भण्डारको देश, हाम्रो नेपाल ।
बुद्ध चेम्जोंग
राजारानी १, धनकुटा
हाल: न्युयोर्क

Hamro Nepal kawita
Yo kawita sachi nai rashtra wadi lagyo…great keep writing…!!!