म यस्तो योद्दा
निडर अनि साहसिलो
कसैसंग नझुक्ने बन्न जादैछु |
मेरो त्यो आर्तनाद
भूकम्पमय साहसले थर्किएर
ज्वालामुखी बिष्फोट हुन लाग्दैछ |
त्यो सिंहदरवारको सभा
कोठाको भित्ताहरु हल्लीएर
जगसम्म सबै चर्कदै गएकोछ |
मेरो त्यो भूकम्पमय
उद्घोष, हामी नेपाली
सबैको उद्घोष भएर उठ्दैछ |
हाम्रो कलमी लेखन
साथै वैचारिक हुंकारले
जनताहरुलाई सचेत गराउनु पर्छ |
हाम्रो मातृभूमि नेपाललाई
लेन्डुप दोर्जेहरुबाट जोगाउन
संगठित एकजुट हुनै पर्छ |
मे २०१०
