“तिरष्कार” (समसामयिक कविता)


ए देशभक्त नागरिक
आँखा खोलेर बस्नु ।
“अन्तरिम संबिधान”,
अन्तरिम सरकारले
अनेकौ पटक संबिधान संशोधन गर्दै,
हामी जनतालाई झुक्याई रहेको छ ।

ए राष्ट्रप्रेमी नागरिक
सचेत भएर बस्नु ।
तीन चार जना नेताको निर्णयले,
राष्ट्र असफल हुदै गएको छ ।
के ? यो नै जनताको आकांक्षा हो ?
जनताको नाममा कलंक,
के ? यहि कलंक पाउनलाई
हामीले चुनेर पठाएका हौ ?

ए राष्ट्रवादी नागरिक,
कोठे गफ गरेर मात्र हुदैन ।
नेताहरु यस्तै हुन् भनेर,
घृणा मात्र गरेर हुदैन ।
अब,
नेता तिरष्कारको थालनी गरौ ।
कुनै पनि राजनीतिक पार्टी,
आफैमा नराम्रो छैन ।
तर,
पार्टी चलाउने नेताहरु,
विवेकहीन भए ।
देश र जनताको लागि भनेर,
नारा लगाउनेहरु,
कुर्सिको लागि सबथोक बिर्सिए ।

ए राष्ट्रप्रेमी नागरिक,
अब,
नेता तिरष्कार,
टोल टोलबाट, गाउँ गाउँबाट,
सहर हुदै सिंहदरबार सम्म ।
नेताहरुलाई,
सबक सिकाउने बेला आएको छ ।
आँखा खोलौ, काँधमा काँध मिलाउ,
देश बर्बाद बनाउनेलाई,
तिरष्कार गरौ, तिरष्कार गरौ ।

July 25, 2010
(दुई पटक सम्ममा पनि प्रधानमन्त्री चुन्न नसकेको परिप्रेक्ष्यमा, अझ संबिधान लेखन बाकी छ)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *